जेठ १९, रोल्पा । नेपाली कांग्रेस, रोल्पाले चर्चित कलाकारदेखि पत्रकारसम्मलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले जिल्लाको १० व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १९, रोल्पा । नेपाली कांग्रेस, रोल्पाले चर्चित कलाकारदेखि पत्रकारसम्मलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले जिल्लाको १० व"/>

2026-07-25 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् पत्रकारदेखि कलाकारसम्म कांग्रेस रोल्पाका उम्मेदवार


जेठ १९, रोल्पा । नेपाली कांग्रेस, रोल्पाले चर्चित कलाकारदेखि पत्रकारसम्मलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले जिल्लाको १० वटै स्थानीय तह उम्मेदवारको अन्तिम टुंगो लगाउँदै कलाकारदेखि पत्रकारसम्मलाई भिडाउने निर्णय गरेको हो ।

कलाकारदेखि पत्रकारसम्मलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले चर्चित लोकदोहोरी गायिका राधिका हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  उनलाई कांग्रेसले त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय हाे ।

कांग्रेसतर्फबाट उम्मेदवार बनेकी हमालले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

गायिकालाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले गाउँपालिका अध्यक्षमा भने कमल बुढालाई उठाउने निर्णय गरेको छ । पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने भएकी छन् ।

सुवर्णावती गाउँपालिकाको अध्यक्षमा शेरबहादुर महरा र उपाध्यक्षमा कविता उपाध्यायलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । उपाध्यक्षको उम्मेदवार उपाध्याय नेपाल प्रेस युनियन रोल्पाकी अध्यक्ष तथा राष्ट्रिय समाचार समितिमासमेत कार्यरत छिन् । लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा दुर्गाबहादुर खड्का र उपाध्यक्षमा भीमकली बुढाथोकीले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी, माडी गाउँपालिकाको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गोठी खत्रीलाई उठाउने तयारी भएको छ । सुनछहरी गाउँपालिकामा दुर्गे बुढालाई अध्यक्ष र सरु पुनलाई उपाध्यक्ष, दुईखोली गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्तीमगर र उपाध्यक्षमा लक्ष्मी डाँगी, सकिदह गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसीले उम्मेदवारी दिने भएका छन् ।

रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बस्नेत, उपाध्यक्षमा सरिता केसी र थवाङ गाउँपालिकाको अध्यक्षमा बमबहादुर रोका र उपाध्यक्षमा श्रीकुमारी रोकाले उम्मेदवारी दिने भएका छन् ।

सो पार्टीले रोल्पा नगरपालिकाका सबै वडाका अध्यक्ष र चारैजना सदस्यको समेत उम्मेदवारी टुङ्गो लगाएको छ । जसअनुसार वडा नं १ को अध्यक्षमा हिराबहादुर पुन, २ मा देउचन थापा, ३ मा राजकुमार पुरी, ४ मा हिरा घले, ५ मा हेमराज डाँगी, ६ मा नरबहादुर खत्री, ७ मा रती कामी, ८ मा खटकबहादुर खत्री ‘तोरावोरा’, ९ मा ओभिराज पुन र १० मा मानबहादुर खत्रीले उम्मेदवारी दिने नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।

लोकतान्त्रिक पार्टी भएका कारण पार्टीको सबै संरचनाबाट उम्मेदवार छानिँदै आउँदा एवम् जनताको समेत अभिमत लिनु परेका कारण उम्मेदवार चयनमा केही ढिलाइ भएको पार्टी सभापति अमरसिं पुनमगरले जानकारी दिए । ‘ढिलो भएपनि राम्रो भएको छ’, पुनले भने, । उम्मेदवार टुङ्गो लगाएसँगै उत्सुकताका साथ कार्यकर्ता चुनावी मैदानमा खटिने पुनले बताए ।

यस पटकको स्थानीय तह निर्वाचनमा काँग्रेसले अधिकांश स्थान जित्ने गरी पार्टी निर्वाचनमा होमिएको उनले प्रतिक्रिया दिए ।

जिल्लामा नेकपा (एमाले)ले यसअघि नै सम्पूर्ण स्थानको उम्मेदवारी घोषणा गरिसकेको छ भने माओवादी केन्द्रले सुवर्णावती गाउँपालिकामा आकाङ्क्षी धेरै देखिएपछि उम्मेदवारी टुङ्ग्याउन सकेको थिएन । सो पार्टीले समेत मतदान गरी उम्मेदवार टुङ्गो लगाइसकेको बताइएको छ ।

जिल्लामा मुख्य तीन राजनीतिक दलका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, सङ्घीय समाजवादी फोरम लगायतका दलले चुनाव चिह्न लिई दलको हैसियतबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् भने नयाँ शक्ति नेपाल, देशभक्त सङ्घीय जनगणतान्त्रिक मोर्चा, पूर्वराष्ट्रसेवक पार्टीलगायतले स्वतन्त्र हैसियतबाट उमेदवारी दिने भएका छन् ।

लामो समयपछि स्थानीय सरकारको अभ्यास गर्न नपाएका कारण यस पटक निर्वाचनमा उम्मेदवारी दिने आकाङ्क्षीको सङ्ख्या बढ्ने देखिएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कुलानन्द गिरीले समेत जिल्लाको त्रिवेणी गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

पार्टीले अर्कै व्यक्तिलाई उम्मेदवार बनाएपछि उनले रोल्पाको जुगारमा पत्रकारसम्मेलन गरी विद्रोही उम्मेदवार बन्ने घोषणा गरेका हुन् । पार्टीले निर्वाचन चिह्न दिए त्यही चिह्नमा चुनाव लड्ने, पार्टीले चुनाव चिह्न नदिए अन्य चुनाव चिह्नमा भए पनि आफू चुनाव लड्ने पत्रकारसम्मेलनमार्फत गिरीले जानकारी गराए । -रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक