२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘देउवाको विकल्पमा कांग्रेसबाट जो आएपनि समर्थन रहन्छ’

२०७४, १९ जेष्ठ शुक्रबार ०९:४९


जेठ १९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे आफ्नो पार्टीले कुनैपनि हालतमा समर्थन नगर्ने बताएका हुन् । 

उनले भने,‘कांग्रेस सभापति देउवाजीलाई प्रधानमन्त्री बन्न हतारो छ, सत्ताको लागि उहाँलाई निकै हतारो देखिएको छ, त्यसैको उपज हो प्रधानमन्त्री प्रचण्डजीको गलत समयमा आएको राजिनामा, त्यसैले हामी यही गठबन्धनका तर्फबाट देउवाजी प्रधानमन्त्रीमा उठ्नुभयो भने हामी कुनैपनि हालतमा उहाँलाई समर्थन गर्न सक्दैनौं ।’

नेता पोखरेलले कांग्रेस र माओवादी केन्द्रकै गठबन्धनबाट देउवाबाहेक नयाँ विकल्प अघि सारिए आफ्नो पार्टीले समर्थन गर्न सक्ने संकेत गरे ।

उनले भने,‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट देउवाजीबाहेक अरु कोही वा विकल्प अघि सारिन्छ भने हामी समर्थन गर्छौं।’ यदि कांग्रेस र माओवादी केन्द्रले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारे आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई उठाउने समेत तयारी भएको उनले जानकारी गराए । उनले भने,‘हाम्रो तर्फबाट वामदेवजीको बलियो संभावना छ, हामी उहाँलाई नै प्रधानमन्त्रीमा उठाउँछौं।’

नेता पोखरेलले जनता निर्वाचनको पक्षमा रहेकोले दोस्रो चरणको निर्वाचनपनि समयमै हुनुपर्ने बताए । उनले भने,‘नेपाली जनता चुनावको लागि तयार छन्, आँतुर हुनुहुन्छ, तर दोस्रो चरणको निर्वाचनको मिति पटक–पटक सारिएकोले केही संशय समेत छाएको छ।’ पोखरेलले निर्वाचनमा भाग नलिने दलहरु जनतामा अधिकार पुर्याउने माध्यमबाट र जनतामा जाने अवसरबाट बञ्चित हुनेतर्फ समेत सचेत गराएका छन् ।

उनले राजपा नेपालपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । उनले भने,‘राजपा नेपाल पनि निर्वाचनमा सहभागी हुन्छ भन्नेमा म विश्वस्त छु, उहाँहरु आउनुहुुन्छ।

उनले प्रधानमन्त्री प्रचण्डको राजिनामा अनुचित समयमा आएको भन्दै यो गलत भएको आरोप लगाए । उनले भने,‘राजिनामाको समय छनौट नै गलत भयो, यो अनुचित थियो, यो कुरा दुनियाँलाई नै थाहा भैसक्यो नि।’

उनले प्रचण्डलाई पदबाट राजिनामा गराउन दिनप्रतिदिन बाध्य पार्ने काम भएको समेत आरोप लगाए । उनले भने,‘अघिल्लो दिन राजिनामा दिने र भोलिपल्ट नीति तथा कार्यक्रम आउनु गलत भयो नि, तीन दिन पर्खिएको भए राम्रो हुन्थ्यो।’ उनले प्रधानमन्त्री दाहालको राजिनामा सत्ताको सौदावाजीको उपज भएको समेत आरोप लगाए ।

पोखरेलले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया आफूहरुले रोक्न नमिल्ने समेत बताए । उनले भने,‘नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया रोक्न मिलदैन्।’ उनले सहमतीय सरकार गठनको लागि कुनै पहलकदमी नभएको समेत गुनासो पोखे । उनले भने,‘देउवाजीले प्रस्ताव राख्नपनि सक्नुभएन्, किनकी उहाँलाई सत्ताको लागि हतारो छ।’

यद्धपी उनले अहिले नै प्रधानमन्त्री को बन्छ भनेर बोल्नु हतारो हुने समेत दाबी गरे । उनले भने,‘अन्य दल कसरी प्रस्तुत हुन्छन् त्यो हेर्न बाँकी छ।’ उनले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगले निर्णय दिन ढिलाई गरेको भन्दै आयोगको ध्यानाकार्षण गराए । उनले भने,‘आयोगले निकै विलम्ब गर्यो, निर्वाचन अधिकृतले गर्नुपर्ने निर्णय किन यसरी ढिलाई भैरहेको छ ?’ 

पोखरेलले च्यातिएको मतपत्रलाई छाडेर अन्य मतगणना अविलम्ब गर्नुपर्ने बताए । उनले आफूहरुलाई ९० मतले खासै प्रवाह नपर्ने समेत बताए । उनले भने,‘हामीलाई जित हारले फरक पार्दैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ