जेठ २४, काठमाडौँ । अर्थ मन्त्रालयले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई आज मन्त्रालयमा एक कार्यक्रम गरी बिदाई गरेको छ । 

सो अवसरमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २४, काठमाडौँ । अर्थ मन्त्रालयले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई आज मन्त्रालयमा एक कार्यक्रम गरी बिदाई गरेको छ । 

सो अवसरमा "/>

2026-07-25 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपप्रधान तथा अर्थमन्त्री महराको बिदाइ


जेठ २४, काठमाडौँ । अर्थ मन्त्रालयले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई आज मन्त्रालयमा एक कार्यक्रम गरी बिदाई गरेको छ । 

सो अवसरमा उपप्रधान एवम् अर्थमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफूले मुलुकमा सङ्घीयता कार्यान्वयनका लागि आर्थिक वर्ष २०७४÷७५ को बजेट स्थानीय तहमा केन्द्रित गरिएको बताउनुभयो । 

आफू अर्थ मन्त्रालयमा रहँदा कोहीप्रति आग्रह वा पूर्वाग्रह नराखी समान रूपमा काम गरेको अनुभव सुनाउँदै उहाँले अत्यन्त मेहनतका साथ काम गरेर आफूलाई सहयोग गरेकोप्रति मन्त्रालयका कर्चचारीलाई धन्यवाद व्यक्त गर्नुभयो । 

सोही अवसरमा मन्त्रालयका सचिव शान्तराज सुवेदीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि उपप्रधान एवम् अर्थमन्त्री महराले देखाएको मार्गनिर्देशन महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । 

नेपाल राष्ट्र बैँकका गर्भनर डा चिरञ्जीवी नेपालले महरा अर्थमन्त्री भएपछि मात्रै नेपालको आर्थिक वृद्धिदर बढेको उल्लेख गर्दै सङ्घीय बजेट ल्याउने पहिलो अर्थमन्त्रीको रूपमा पनि महरा परिचित हुनुभएको हो भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक