2026-07-24 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्व रुपान्तरण संवाद समिति–बैठक

जेठ २७, इटहरी । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण संवाद समितिको चौथाँै स्थापना दिवसका उपलक्ष्यमा समितिले सुनसरी जिल्लामा प्राकृतिक द्वन्द्व रुपान्तरणका पक्षमा चार महिनाको अवधिमा भएका कार्यक्रमको समीक्षा बैठक यहाँ आज आयोजना गरियो । 

देशको विभिन्न १७ जिल्लाको जल जमिन र जङ्गललगायतका विषयसँग सरोकार राखेर विगत लामो समयदेखि स्थानीय समुदायमा सिमाना क्षेत्र, प्राकृतिक स्रोतको बाँडफाँड, उपभोग र त्यसको भोगचलन लगायतका विषयमा लामो समयदेखि उत्पन्न द्वन्द्व वा विवाद समाधान गर्ने कार्यमा सफलता प्राप्त गर्दैआएको यस समितिले सुनसरीमा पनि धेरै समस्याको समाधान गरेको छ । 

प्राकृतिक सम्पदाको सिमाना क्षेत्र तथा स्वामित्व विवाद समाधान गरी एक आपसमा मेलमिलाप गराउँदै आएको समितिले सुनसरी जिल्लाको जल जमिन जङ्गलसँग सम्बन्ध राख्ने धेरै द्वन्द्वको सहजीकरण गरेर मिलाप गराइसकेको छ । 

जल जमिन र जङ्गल सम्बन्धी द्वन्द्व व्यवस्थापनमा सक्रिय सुनसरीकी राष्ट्रिय स्रोतव्यक्ति कृष्ण राईले सुनसरीमा पाँचवटा भन्दा बढी द्वन्द्वको व्यवस्थापन गरी १२ वटा त्यस्ता द्वन्द्व सम्बन्धी घटनाको अभिलेखिकरण गरेर ती समस्याको निरुपण गर्ने अभियान चलाइरहेको बताउनुभयो । उहाँले समितिले नेपालका १७ जिल्लामा ९५ वटा द्वन्द्व सम्बन्धी घटना मिलाउने कार्य गरेको जानकारी दिनुभयो । 

बैठकमा अभियानको क्षेत्रीय निर्देशक हिम डिसीले जल जमिन र जङ्गलबाहेक अन्य प्राकृतिक स्रोत सम्बन्धी विवाद वा द्वन्द्वलाई व्यवस्थापन गर्दै यसको दिगो समाधानका लागि समितिले सक्रिय पहल गर्दैआएको बताउनुभयो । 

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत भेषराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले सुनसरी जिल्लाको विभिन्न सामुदायिक वन, तालतलैया, बर्जुताल र धरानको सर्दू जलाधार क्षेत्रलगायतका विषयमा पछिल्लो समयमा उत्पन्न विवाद र समस्याको सुक्ष्म अध्ययन गरेर त्यसको समाधान निकाल्ने विषयमा पनि वृहत छलफल गरेको छ । 

सो अवसरमा जिल्ला बार एसोसिएसनका अध्यक्ष राजु ढकाल, जिल्ला वन कार्यालयका वीरेन्द्र महासेठ, सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर विष्णु चौधरी, सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका टेकबहादुर तामाङ, जिल्ला शान्ति समितिका संयोजक डम्बर बुढाथोकी र अग्रज पत्रकार याम प्रधानलगायतले प्राकृतिक स्रोतमाथिको विवाद लगायतका विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक