५औँ राष्ट्रिय कृषक दिवस कार्यक्रम नवलपरासीमा सम्पन्न

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

श्याम थापा/जेठ २७, नवलपरासी । एक घर एक कृषकको मुल नाराका साथ ५औँ  राष्ट्रिय  कृषक दिवस सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवामा मनाएको छ ।

पक्लिहवा कृषक संजाल  पक्लिहवाको आयोजनामा र सुस्ता गाउँपालिका  वार्ड न ५ को वडा कार्यलय पक्लिहवाको आर्थिक सहयोगमा र नारायणी सामुदायिक सिकाई केन्द्र पक्लिहवाको समन्वयमा दिवस मनाइएको हो ।

कृषक संजाल पक्लिहवाका अध्यक्ष जय बाहादुर पाण्डेको अध्यक्षतामा र सुस्ता गाउँपालिका कार्यलयका प्रतिनिधि बिस्नु प्रसाद ढकालको प्रमुखअतिथ्यतामा भएको दिवस कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई कृषि औजार दिई सम्मान गरिएको थियो ।

सम्मान पाउनेहरुमा नरदेबी कृषक समूहका सुग्रीम यादव र बिनोद यादव,त्यसै गरि श्री रतनगन्ज कृषक समूहका शम्भु नाथ मल्लाह र राजाराम लोनिया, उतम कृषक समूहका जगदीश यादव र रबिन्द्र कोइरी,जयमा दुर्गा कृषक समुहका गोखुला कोइरी र सिध्दु धोबी,मनकामना कृषक समूहका राम दुलारे कोहार र रन बाहादुर सारु मगर, नरदेबी कृषक समूहका मनसरी दर्लामी र धनिमाया सुर्यबसी,त्रिपुरेश्वर कृषक समूहका पौहारी प्रसाद कुश्वाहा र हरि कृष्ण कोइरी, सुन्दरी माई कृषक समूहका लालमन यादव र अजोध्या हरिजन, गङगा जमुना कृषक समूहका कुश्मावती देवि कोइरी र रामलाल पासी त्यसै गरि सुनौलो महिला कृषक समूहका अनिता बस्नेत र मन कुमारी राना गरि २६ जना उत्कृष्ट कृषक हरु लाई सम्मान गरिएको थियो ।

साथै दिवस कार्यक्रममा कृषकहरुले उत्पादन गरेका नमुना बालीहरुको प्रदशनी पनि गरिएको थियो । सो अवसरमा नारायणी सामुदायिक सिकाइ केन्द्र पक्लिहवाका अध्यक्ष सन्जित कुमार शर्मा, कृष्ण बाहादुर थापा, प्रभु नाथ यादव संचारकर्मी श्याम थापा, रयाडिकल पक्लिहवाका अध्यक्ष अजय चौहान,शिव सेना नेपालका केन्द्रिय सदस्य मुरारी कुश्वाहा पक्लिहवाका वडा सचीव कर्ण बाहादुर दर्लामी ,ईश्वर लोहार र बलवन्त यादव लगायतले कृषकहरुको योग्दान उल्लेखनीय रहेको मन्तव्यमा जोड दिनु भएको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply