जेठ २८, परासी | सुनवल नगरपालिकाको नेपाली कांग्रेसको तर्फका मेयरपदका उम्मेदवार भिम बहादुर थापाक्षेत्रीले सनिबार नगरको वडा नं. ११ र १३ मा घरदैलो कार्यक्रम गरेका छन् । सयभन्दा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २८, परासी | सुनवल नगरपालिकाको नेपाली कांग्रेसको तर्फका मेयरपदका उम्मेदवार भिम बहादुर थापाक्षेत्रीले सनिबार नगरको वडा नं. ११ र १३ मा घरदैलो कार्यक्रम गरेका छन् । सयभन्दा ब"/>

2026-06-29 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुनवल नगरपालिकाको मेयरमा भरत थापा बलियो

जेठ २८, परासी | सुनवल नगरपालिकाको नेपाली कांग्रेसको तर्फका मेयरपदका उम्मेदवार भिम बहादुर थापाक्षेत्रीले सनिबार नगरको वडा नं. ११ र १३ मा घरदैलो कार्यक्रम गरेका छन् । सयभन्दा बढि कार्यकर्ताका साथ उम्मेदवार भरत थापाले ति वडाहरुमा घरदैलो गर्दै मतदाताहरु संग भोट मागेका छन् भने त्याहाँका समस्याहरु पहिचान गरि मेयर भएपछि सामाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । भरत थापा लोकप्रिय र युवा समाजसेवी भएका कारण उनी अहिलको बलियो उम्मेदवारको रुपमा लिइएका छन् । 

उम्मेदवार थापाले विहान वडा नं १३ बडेरा क्षेत्रमो घरदैलो गरेका हुन् भने दिउसाँ वडा नं. ११मा घरदैलो कार्यक्रम गरेका हुन् । आगामी असार २ गते उम्मेदवारको मनोनय दर्ता हुदैछ । मेयरका उम्मेदवार थापाले चुनावी पं्रचार पं्रसारलाई तिब्रता दिदै सबै मतदाता भेटने प्रयासमा जुटेका छन् । थापाले सुनवल नगरलाई स्मार्ट सिटी बनाउने देखि सामाजिक सुरक्षाको व्यवस्था समेत मिलाउने एजेण्डालाई लिएर मतदाताको घरदैलोमा पुगीरहेका छन् ।


त्यसैबिच वडा नं. १ मा नेपाली कांग्रेसले आमसभा गरेको छ । जिल्ला सभापति विष्णु लामिछानेको प्रमुख अतिथ्यतामा सो आम सभा आयोजना गरिएको थियो । आमसभामा नेपाली कांग्रेसमा नेताहरुले सुनवलमा नेपाली कांग्रेसले नै विजय हात पार्ने आफनो तर्क राखे । सुनवलमा नेपाली कांग्रेसले मात्र विकास गर्न सक्ने भन्दो हामीसंग त्यस्तो लोकप्रिय र महत्वपुर्ण एजेण्डा रहेको बताउदै चुनाव नेपाली कांग्रेसको पक्षमा ल्याउन सबै कार्यकर्ताहरुलाई आगं्रह समेत गरेका थिए ।

सुनवलका मेयरका उम्मेदवार भरत थापा र उपमेयकार उम्मेदवार तारा भण्डारी दुईटै उम्मेदवार लोकपिंय र सक्षम उम्मेदवार रहेको वक्ताहरुले भन्दै सुनवलबासीलाई आफनो उम्मेदवार जिताउन आग्रह गरे । सभामा जिल्ला उपसभापति अर्जुन कुमार पोख्रेल, महासमिति सदस्य विष्णु पौडेल, महासमिति सदस्य तथा मेयकार उम्मेदवार भरत थापा, नगरसभापति पप्पु रायमाझी, महाधिवेशन प्रतिनिधि अनिता शर्मा, तरुणदलका जिल्ला सदस्य यज्ञप्रसाद पौडेल, ऋषिराम पौडेल र  राष्ट्रिय स्तरका लोकदोहोरी गायकहरु समेत मन्तब्य राखेका थिए । सभामा नेकपा एमाले र माओबादी केन्द्रका गरि करिब १०० जना कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी