प्रज्वल पाैडेल । जेठ २९,काठमाडौं । सांसद शिवबहादुर खड्काले विकासकाे कुरामा पक्षपात गर्न नहुने बताउनुभएको छ । अाइतबार राजधानीमा रामेछाप-काठमाडौं पत्रकार समाजले अा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । जेठ २९,काठमाडौं । सांसद शिवबहादुर खड्काले विकासकाे कुरामा पक्षपात गर्न नहुने बताउनुभएको छ । अाइतबार राजधानीमा रामेछाप-काठमाडौं पत्रकार समाजले अा"/>
2026-06-29 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विकासकाे पहिलाे अाधार राजनीतिक स्थायित्व : सासंद कुशल

प्रज्वल पाैडेल । जेठ २९,काठमाडौं । सांसद शिवबहादुर खड्काले विकासकाे कुरामा पक्षपात गर्न नहुने बताउनुभएको छ । अाइतबार राजधानीमा रामेछाप-काठमाडौं पत्रकार समाजले अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले जुन पार्टीको चिन्ह लिएर उठेपनि बहुमतले जितेपछि स्थानीय प्रतिनिधिले पार्टीगत कार्य गर्न नहुने बताउनुभयाे । 

खड्काले हरेक अान्दोलनलाई उचाइमा पुर्याउने काम पत्रकारले गरेकाे र सफल भएकाे स्पष्ट पार्नुभयाे । उहाँले निर्वाचित जनप्रतिनिधिलाई पत्रकारले एकै दिनमा बाघ र एकै दिनमा मुसाे बनाउन सक्ने भएकाले समन्वय गरेर अगाडि बढ्न अाग्रह गर्नुभयाे । उहाँले भन्नूभयाे-" पत्रकारले व्यक्ति तथा समाजकाे सकरात्मक र नकारात्मक दुबै पक्षलाई नियालिरहेका हुन्छन् , तसर्थ गाउँपालिकाकाे जनताकाे विकासमा लाग्नुहाेस् जनप्रतिनिधिलाई जनताले नै सांसद बनाइदिन्छन् ।"

नेपाली काङ्ग्रेसका नेता समेत रहेका खड्काले पत्रकारले गर्दा नै पहिलाे चरण निर्वाचनमा काङ्ग्रेस हारेकाे धारणा राख्नुभयाे। कहिले महाअभियाेग प्रस्ताव,कहिले पहिलाे पार्टी भएर पनि तेस्रो पार्टी माअाेवादीसँगकाे तालमेल,भ्रष्टाचार जस्ता विषय उठानले पार्टीले हारेकाे र यस्ता विषयले अाफुलाई नि ग्लानि हुने गरेकाे धारणा राख्नुभयाे ।

कार्यक्रममा सासंद श्याम कुमार श्रेष्ठ कुशलले राजनीतिक स्थायित्व विना अार्थिक सामाजिक विकास हुन नसक्ने बताउनुभएको छ । अन्तरक्रियामा श्रेष्ठले विकासकाे पहिलाे अाधार राजनीतिक स्थायित्व रहेकाे बताउनु भएको हाे । नेकपा माअाेवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठले भन्नुभयाे-"अहिले देश संक्रमणकालमा भएकाले तीनै तहकाे निर्वाचन सम्पन्न भएपछि संक्रमणकालकाे अन्त्य हुन्छ र त्यसपछि दिगाे विकास,स्थायित्व,दिगाे शान्तिले ठुलाे भुमिका खेल्छ ।" विकास अाफैबाट सुरू गर्नुपर्ने धारणा राख्दै श्रेष्ठले भन्नुभयाे -" जनप्रतिनिधिले अाफुले व्यक्त गरेका भावनात्मक र सैद्धान्तिक विषयलाई इमानदारीपूर्वक देखाउन सक्यौं भने विकास र समृद्धि त्यहि हाे ।" 

उहाँले रामेछाप सहित समग्र नेपालकाे विकास गर्नु जनप्रतिनिधिकाे दायित्व भएकाे हुने धारणा राख्नुभयाे । रामेछापकाे विकास गर्न स्थानीय जनप्रतिनिधि साथीहरू ढृढ इच्छा र संकल्पसहित अगाडि बढ्ने,प्रदेश/ संघ अहिले नभएको अवस्थामा केन्द्रबाट हामी सांसदले पहल गरे जिल्लाले निकै छिटाे फड्काे मार्ने उहाँकाे भनाइ थियाे ।

सांसद श्रेष्ठले पत्रकार राज्यकाे चाैथाे अंग मानिदै अाएकाले जनप्रतिनिधि र मिडियाविच अापसि सम्बन्ध स्थापित हुनुपर्ने बताउनुभयाे ।

यस्तै सांसद अाङटावा शेर्पाले विकासमा तेराे मेराे नभनि लाग्नुपर्ने बताउनुभयाे । उहाँले रामेछापका स्थानीय जनप्रतिनिधि,पत्रकारसँग समन्वय गर्दै समृद्ध रामेछाप बनाउन अाफ्नाे तर्फबाट लाग्ने बताउनुभयाे । 

कार्यक्रममा रामेछापका नवनिर्वाचित गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखले अाफ्नाे क्षेत्रमा विकासका लागि भावि याेजना र कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरूले संचारमाध्यमसँग समन्वय गरेर अगाडि बढ्न अाफुहरू तयार रहेकाे बताए ।

यसैगरी त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश कुमार घिमिरेले जनप्रतिनिधिले राखेका विषयमा टिप्पणी गर्नुभयाे । उहाँले विकासका माेडलकाे बारेमा समेत चर्चा गर्नुभएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी