2026-06-29 02:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता भन्छन- ‘पुल बनाइदिनेलाई भोट दिन्छौँ’

2017-06-14

जेठ ३१, झापा । मेचीनगरकै दुर्गम गाउँ मानिएको मेचीपारिको टापुमा रहेको १४ नं वडाका जनता स्थानीय तहको चुनावबारे अझै बेखबर छन् । 

जिल्लाका सबै गाउँबस्तीमा चुनावी लहर चलिरहँदा सो गाउँको झाडु, ग्लावा र होपना बस्तीमा मोटर बाटो नपुग्ने भएका कारण अहिलेसम्म कुनैपनि राजनीतिक दलका नेताले भोट माग्न नआएका कारण सुनसान भएको त्यहाँका बासिन्दा बताउँछन् । 

ज्यामिरगढीको यी तीन बस्तीलाई पूर्वतिर भारतीय बाँध र पश्चिमतिर मेची नदीले घेरेको छ । बगर र बाँधले घेरिएको मेची पारिको यो चर्चित टापुमा करिब ५० परिवारको बसोवास छ । उपेक्षित बस्ती हुनुको पीडा भोगिरहेका यहाँका बासिन्दाले यसपाली भोट माग्न आउने नेताहरुसंग एउटै प्रश्न सोध्ने भएका छन्–‘कहिले बनाउँछौ झोलुङ्गे पुल ?’ 

विसं.२०१० बसोबास शुरु भएको यहाँ अहिलेसम्म कयौँ नेता अनेक आश्वासन देखाएर भोटमाग्न आएपनि सिङ्गो नेपालसँग जोड्न यहाँ न सडक, न पुल, न बिजुली, नत सञ्चार सुविधा नै उपलब्ध गराएका छन् । 

स्थानीय नरेन्द्र यादवले भोट माग्न आउने उम्मेदवारसँग मेची खोलामा झोलुङ्गे पुल, खेतमा बाह्रैमास पानी लगाउने पैनी र तीन बस्तीलाई जोड्ने सडक बनाउन सर्त अघि बढाउने हुनुभएको छ । उहाँका अनुसार मेची नदीमा पुल नहुँदा बर्खामा तीन महिनासम्म नेपाली बजार र गाउँतिर आवतजावत गर्न नसकिने समस्या सुनाउँदै उहाँले भन्नुभयो–“त्यही कारणले स्कुल पढ्न पनि भारततिरै धाउनु परेको छ ।” 

होपना बस्तीका ८४ वर्षीय सुपल बास्केले चुनाव आउँदा आश्वासन दिने र जितेपछि फर्केर एकपटक पनि नआउने नेताप्रति गुनासो गर्नुभयो । उहाँले यसपाली भोट माग्न आउने नेताले पुल बनाउने प्रतिबद्धता नगरेसम्म भोट नदिने बताउनुभयो । आक्रोषित बास्केले भन्नुभयो, “हामी त भोट दिन्छौँ नि, तर नेताले हामीहरुलाईं केही दिन सकेनन् ।” 

मेचीपारिका अधिकांश गाउँका बासिन्दाले अझै पनि साँझ परेपछि मट्टितेलको सहारामा कुपिले उज्यालो छर्ने गरेको छन् । 

गाउँकी एक्ली उम्मेदवार 

मेचीपारिको गाउँबाट मरियम मुुर्मुलाई महिला कोटा सदस्यमा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार बनाएको छ । करिब १०० मतदाता भएको यो स्थानमा उहाँ मुर्मु गाउँको एक्लो उम्मेदवार हुनुहुन्छ । मुर्मुलेले चुनाव जितेपछि सबैभन्दा पहिला मेची नदीमा पुल बनाउने स्थानीय जनतासँग बाचा गर्नुभएको छ । 

उहाँले अहिलेसम्म यो गाउँमा कुनै पनि राजनीतिक दलका नेता भोट माग्न नआएपनि नेपाली कँंग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी)का झन्डा राखिएको छ । उहाँ भन्नुहुन्छ–“झन्डा कस्ले आएर राख्यो हामीलाई थाहा छैन ।” 

मतदाता शिक्षा 

मेचीपारिका अधिकांशलाई मत हाल्ने तरिकासम्म थाहा छैन । निर्वाचन आयोगले बदर मत सङ्ख्या न्यूनीकरणका लागि चलाएको मतदाता शिक्षाबाट समेत यहाँका बासिन्दा वञ्चित छन् । स्थानीय ४५ वर्षीय आरुती यादवले मतदान गर्ने तरिका सिकाउन कोही पनि नआएको बताउनुभयो । उहाँले भन्नुभयो –“खै भोट हाल्नुपर्ने कुरा सुनेको छु तर कसरी दिने थाहा छैन ।” 

जिल्ला निर्वाचन आयोगका प्रमुख गोपालप्रसाद आचार्यले जिल्लाभर मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ तर कतै कहीँ छुटेको रहेछ भने अनुगमन गरी त्यस्ता स्थानमा पनि तुरुन्त पु¥याउँछौं ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल