2026-09-19 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी घोषणा

असार २, झापा । सङ्घीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ । 

सो पार्टीले आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको कालोपत्रे गर्ने, नगरमा कृषि, पशुपालन, फलफूलमा आधारित व्यावसायिक खेतीको विकास र विस्तार गर्ने तथा उन्नत बीउबीजनका लागि कृषि सामग्री र बजारको व्यवस्था गर्ने लगायतका ११ बुँदे प्रतिबद्धतासहित नगरप्रमुखलगायत पदका लागि उम्मेदवारी घोषणा गरेको हो । 

विर्तामोड नगरपालिकाको प्रमुखमा पदमबहादुर तामाङ र उपप्रमुखमा चीजा राईलाई उम्मेदवार बनाएको सो पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष कृष्णउदाश भरतले बताउनुभयो । 

यसैगरी विर्तामोड नगरपालिकाका वडा अध्यक्षहरुमा क्रमशः वडा नं– १ मा रिनामाया तामाङ, ३ मा हरिनारायण चौधरी, ४ मा रामनारायण चौधरी, ५ मा तीलबहादुर राई, ६ मा वीरेन मेचे र वडा नं. १० मा लक्ष्मी देवानलाई उम्मेदवार बनाइएको उहाँले जानकारी दिनुभयो । 

सो अवसरमा पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष भरतले भन्नुभयो–“नगरमा रहेका नगरवासीलाई निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्थासहित सर्वसुलभ स्वास्थ्य बिमा सबैको गर्ने र घर÷घरमा रोजगारीको अवसर सिर्जना गर्दै समृद्ध विर्तामोड निर्माणका लागि पार्टीले उम्मेदवारी दिएको हो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई