असार ३, काठमाडौँ । वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ । 

वाग्मती सफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, काठमाडौँ । वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ । 

वाग्मती सफा"/>

2026-06-29 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका नदी सफाइमा जनउत्साह

2017-06-17


असार ३, काठमाडौँ । वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ । 

वाग्मती सफाइ महाअभियानको गत बिहीबारको बैठकले पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा नायिका कोइरालालाई सद्भावना दूत घोषणा गरेको थियो । सद्भावना दूत कोइरालाको उपस्थितिमा आज दुई हजार व्यक्ति सफाइमा सहभागी भएको अभियन्ता उमेश बोहराले बताउनुभयो । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको २१४ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

वाग्मतीसँगै आज उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सफाइमा पूर्व सहरी विकासमन्त्री केसी, सद्भावना दूत कोइराला, मुख्यसचिव डा सोमलाल सुवेदी, सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, पूर्व सचिव किशोर थापा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव ज्योतिकुमार श्रेष्ठ, कलाकारद्वय सीताराम कट्टेल र कुमार कट्टेल, गायक केशव अधिकारी लगायतको सहभागिता थियो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ब्लुक्रस अस्पताल, मुक्तिनाथ विकास बैंक, जीवन विज्ञान, गायत्री परिवार, हलेसी डेकोर, युरेसिया रेयुकाइ, नेपाल एस जि आइ, फ्रेन्ड्स क्लब ललितपुर, नेपाल भूपु प्रहरी, सिस्नुपानी नेपाल, लायन्स क्लब, तिलगङ्गा महिला समूहलगायत ४० संस्थाको सक्रिय सहभागिता थियो । 

पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७५ औँ हप्ताको सफाइमा आज गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारमा बनाइएको उद्यानमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता रहेको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । 

यसैगरी रुद्रमती सफाइको १७३ औँ हप्तामा आज कालोपुलदेखि रातोपुलसम्म जनचेतनामूलक घरदैलो अभियानसहित सरसफाइ गरियो । आजको सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो । सफाइमा वडा नं– ३० बाट निर्वाचित वडा अध्यक्ष दलबहादुर कार्कीसहित वडा सदस्यलगायत २५० जनाको सहभागिता थियो । 

विष्णुमती सफाइको १४५ औँ हप्तामा आज नयाँ बसपार्कबाट उत्तरतर्फ विष्णुमती किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । 

यसैगरी चक्रपथ सफाइको दशौँ हप्तामा आज सामाखुसीचोकबाट टाउन प्लानिङसम्म सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीलगायत होटल व्यवसायीसहित २५० अभियानकर्मीको सक्रियता थियो । 

वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई विसं २०७४ वैशाख २ गतेदेखि सुरु गरिएको मीनभवन आलोकनगर सफाइ अभियानले आज दशौँ हप्तामा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । सफाइको नेतृत्व सकारात्मक मातृशक्ति आवाजले गरेको थियो । 

महाअभियानबाट प्रभावित भएर देशभर २६ स्थानमा सफाइ भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण