असार ४, बझाङ | २०६४ सालको निर्वाचनमा दुबै क्षेत्रबाट नेपाली कांग्रेसले पराजित हुनुपर्यो । त्यस्तै २०७१ सालमा भएको निर्वाचनमा पनी पराजित नै भएको थियो । नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ४, बझाङ | २०६४ सालको निर्वाचनमा दुबै क्षेत्रबाट नेपाली कांग्रेसले पराजित हुनुपर्यो । त्यस्तै २०७१ सालमा भएको निर्वाचनमा पनी पराजित नै भएको थियो । नेपा"/>

2026-07-25 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

‘बझाङमा नेपाली काँग्रेसभित्र अन्तरघात गर्नेलाई तरुण दलले ठिक पार्छ’


असार ४, बझाङ | २०६४ सालको निर्वाचनमा दुबै क्षेत्रबाट नेपाली कांग्रेसले पराजित हुनुपर्यो । त्यस्तै २०७१ सालमा भएको निर्वाचनमा पनी पराजित नै भएको थियो । नेपाल तरुण दल जिल्ला कार्य समीती बझाङका अध्यक्ष विष्णु ऐडीले तरुण दलमा आबद्ध जिल्ला भरीका सबै युवाहरुलाई बताउनु भयो । 

नेपाल तरुण दल जिल्ला कार्य समीतीको आयोजनामा शनीबार भएको र्यालीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । स्थानीय तहको निर्वाचमा  नेपाली कांग्रेस भित्र अन्तरघात गर्नेलाई तरुण दलले ठिक पार्ने समेत बताउनु भयो । सर्व साधारण जनाताका लागी नेपली कांग्रेस पार्टी एउटै भए पनि जिल्ला स्तर र राजनीती बुझ्नेहरुले गुट उप गुट बनाएका कारण नेपाली कांग्रेसले पराजित हुनु परेको उहाँको भनाई छ । 

नेपाली कांग्रेसका भातृ संघ संगठन, नेपाली कांग्रेसका कार्यकर्ता तथा तरुणदलका युवाहरु सयौँको उपस्थितमा रहेको कार्यक्रममा सबै तरुण दलले आ आफ्नो क्षेत्रमा चनाखो भएर बस्न उहाँले आग्रह गर्नु भयो । आधीकारीक उम्मेद्धरलाई सहयोग गर्ने , जाई कुनै पार्टी माथी नलाग्ने, आई लाग्नेलाई न छोड्न समेत उहाँले तरुण युवा लाई निर्देशन दिनु भयो ।  साथै कार्यक्रममा बोल्दै ऐडीले पार्टी भित्र अन्तर घात गरेको सुईको पाए आफुलाई र पार्टीका जिम्मेबार ब्यक्तीलाई जानकारी गराउन उहाँले निर्देशन समेत दिनु भएको छ । 

कार्यक्रममा बोल्दै तरुण दल जिल्ला अध्यक्ष ऐडीले नेपाली कांग्रेसको कुनै पार्टी संग दुस्मनी र कुनै पार्टी संग लेनदेन तथा प्रतिस पर्दाको भावना समेत नरहेको बताउनु भएको छ । सिङ्गो पार्टीको लडाई जिल्लामा भएको गरीबी , अशिक्षा, भ्रटाचार, घुसखोरीसंगको लडाई रहेकाले यसमा सबै जनताले सचेत हुन समेत उहाँले आग्रह गर्नु भयो । 

वृहत आमसभामा बोल्दै नेपाली कांग्रेसका पार्टी सभापती हर्कजंग बहादुर सिहँले पार्टी भित्र अन्तर घात गर्ने ब्यक्तीलाई तरुण दलले जस्तो सजाय दिए पनि हुने र त्यसको जिम्मेबारी सिङ्गो नेपाली काँग्रेस पार्टीले लिने बताउनु भएको छ । चुनाबी माहोल निकै ताती सकेका कारणले अरु पार्टीको काम कर्तब्यहरुमा तरुण दलले चनाखो हुन समेत उहाँले निर्देशन दिनु भयो ।

तरुण दल जिल्ला कार्य समीतीले प्रत्यक निर्वाचन केन्द्रमा २१/२१ जनाको समुह बनाई परिचालन समेत गरेको तरुण दल जिल्ला कार्य समीतीका अध्यक्ष ऐडीले जानकारी दिनु भयो । – डीबी विष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक