2026-07-25 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा १४ जनाले उम्मेदवारी फिर्ता लिए, कसले कहाबाट फिर्ता लिए ?

ललित बोहरा/असार ६, डडेल्धुरा । डडेल्धुरामा कांग्रेसका बागीसहित १४ जनाले स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

 अजयमेरु गाउँपालिकाका निर्वाचन अधिकृत चिरन्जिवी गिरीका अनुसार गाउँपालिकाका प्रमुख पदमा उम्मेदवारी दिएका लोकराज भट्टले फिर्ता लिएका छन् । उनी कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हुन् ।

 उनले अर्का स्वतन्त्र लोक राजभट्टलाई समर्थन गरिएको बताएका छन् । एकै नामका दुईजना कांग्रेसका नेताले अजयमेरु गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । अर्का लोकराज भट्टले फिर्ता लिएका छैनन् । उनी स्वतन्त्रको हैसियतबाट समेत सशक्त बागी उम्मेदवारका रुपमा देखिएका छन् । त्रिभुवन विश्व विद्यालयका स्ववियु सभापति भट्ट कांग्रेसका जिल्लास्तरमा प्रभावशाली नेता हुन ।

 उक्त गाउँपालिकाको उपप्रमुखमा कांग्रेस युवानेता किशोर विष्टको पनि उम्मेदवारी छ । कांग्रेसको केन्दीयस्तरबाट टियुका लोकराज भट्ट र किशोर विष्ट उम्मेदवारी फिर्ताका लागि दबाब थियो । तर, अन्तिम समयसम्म फिर्ता लिएका छैनन् ।

 त्यसैगरी, अमरगढी नगरपालिकाको वडाबाट कांग्रेसका बागी उम्मेदवार नम्बर १ का पुष्पराज जोशी, वडा नम्बर ६ बाट गणेश बहादुर टमटाले र ४ बाट गगनसिंह विष्टले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जनाकारी दिएका छन ।

तीनै जनाले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका थिए ।

 अजयमेरु गाउँपालिकाको वडाहरुबाट कांग्रेसकी महिला उम्मेदवार कमला पाण्डे पन्तले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

 अजयमेरुबाट वडा नम्बर ३ बाट अध्यक्षका उम्मेदवार नरबहादुर मल्ल, वडा नम्वर १ महिला सदस्य पदका उम्मेदवार भागरथी ऐर, मान बहादुर ऐर र वडा नम्वर २ बाट दानी शाहले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिने सबै राप्रपाका उम्मेदवार हुन् ।

 यस्तै गन्यापधुरा गाउँपालिको वडा नं ३ को वडाध्यक्ष पदमा उम्मेवारी दिएका गगन सिंह चन्दले उम्मदवारी फिर्ता लिएका छन् । सोही वडामा सदस्य पदमा उम्मेदवारी दिएका मिन बहादुर देउवाले पनि उम्मेदवारी फिर्ता लिएको गन्यापधुरा गाउँपालिकाका निर्वाचन अधिकृत टेकराज जोशीले जनारी दिएका छन् । उम्मेदावरी फिर्ता लिने दुबै जनाले राप्रपाबाट मनोनयन दर्ता गराएका थिए ।

यस्तै परशुराम नगरपालिकामा एक जनाले मात्रै उम्मदवारी फिर्ता लिएका छन् । वडा ९ बाट वडा सदस्य पदका लागि राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका मिन बोहराले उम्मदवारी फिर्ता लिएको परशुराम नगरपालिका निर्वाचन अधिकृत नारायण प्रसाद वाग्ले जनाकारी दिएका छन् । 

यस्तै उता नवदुर्गा गाउँपालिकामा भने कसैले पनि उम्मेवारी फिर्ता नलिएको निर्वाचन अधिकृत सानुवाबु अधिकारीले जनाकारी दिएका छन् । आलिताल र भागेश्वरमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएको जनाइएको छ ।

पशु सेवा कार्यालय डडेल्धुराद्धारा कुखुरा पालक कृषकलाई १३ सय बढी कुखुराका चल्ला बितरण ।।

जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले मंगलबार जिल्लाका बिभिन्न कुखुरा पालक कृषकहरुलाई लेयर जातका साढे १३ सय बढी कुखुराका चल्ला बितरण गरेको छ ।

 ‘पारिवारीक स्तरमा पोषण सुरक्षा’ भन्ने कार्यक्रम अन्र्तगत लेयर जातका १३ सय ६० कुखुराका चल्ला सहित ५० किलो आहार दाना निःशुल्क बितरण गरिएको जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ ।

 ग्रामिण क्षेत्रका नागरिकलाई पोषण सुरक्षा सहित अण्डामा आत्मनिर्भर बनाउने उद्धेश्यले लेयर जातका कुखुराका चल्ला बितरण गरिएको कार्यालयका पशु विकास अधिकृत राम बहादुर खड्काले बताउनु भएको छ ।

 गन्यापधुरा गाउँपालिका–३ को समैजी ग्रामिण कुखुरा पालन समूह र नवदुर्गा गाउँपालिका–३ को बसन्तपूर सकायल ग्रामिण कुखुरा पालन समूहलाई ६ सय ८० का दरले सो कुखुराका चल्ला बितरण गरिएको हुन ।

साथै चल्लालाई खुवाइने आहार दाना समेत २५–२५ किलोका दरले दुवै समूहलाई बराबर बाडिँएको जनाइएको छ । कुखुराका चल्ला पाए पश्चात गाँउ–घरमै अण्डा उत्पादन गर्न सकिने भन्दै समूहका सदस्यले खुसी व्यक्त गरेको गरेका छन् । 

पोषण सुरक्षा मजबुत बनाउनमा अण्डा निकै फाइदाजनक हुने हुदाँ पछिल्लो समयमा पोषणका क्षेत्रमा काम गर्ने बिभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले यस तर्फ बिशेष जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक