प्रकाश बम | असार ७, डोटी | जिल्ला निर्वाचन कार्यलय डोटीले स्थानियतहको निर्वाचनका लागि बिभिन्न मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ । 

निर्वाचन कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असार ७, डोटी | जिल्ला निर्वाचन कार्यलय डोटीले स्थानियतहको निर्वाचनका लागि बिभिन्न मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ । 

निर्वाचन कार्य"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

स्थानिय तह निर्वाचन: मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु

२०७४, ७ असार बुधबार ०१:५६


प्रकाश बम | असार ७, डोटी | जिल्ला निर्वाचन कार्यलय डोटीले स्थानियतहको निर्वाचनका लागि बिभिन्न मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ । 

निर्वाचन कार्यलयले असार ७ गते देखि १० गते सम्म जिल्लाका सम्र्पुण मतदान केन्द्रमा कर्मचारी,आवश्यक निर्वाचन सामग्रि बितरण गर्नुका साथै सुरक्षा कर्मिहरुलाई खटाईने कार्यतालिका समते बनि सकेको मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेलले बताउनु भयो ।

जिल्लाका सबै भन्दा दुर्गममा रहेका बडीकेदार र जोरायल गाउपालिकामा बुधबार बिहाननै खटाईने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । जिल्लाका १सय पचपन्न मतदान केन्द्रमा मतदान अधिकृत,कर्मचारी,सुरक्षा निकाय र निर्वाचन सामग्रिहरु समयमा पठाउन आफुहरु लागिरहेको मुख्यनिर्वाचन कार्यलय डोटीले जनाएको छ । जिल्लाका मतदान केन्द्रमा  करीव ९ सय कर्मचारी खटाईन लागेको बताईएको छ ।

जिल्लाका दुर्गम ठाउँका मतदान केन्द्र र मतगणना हुने ठाउको सुचना विभिन्न मिडियामा आबद्ध संचारकर्मिहरुलाई छिटो छरीतो रुपमा उपलब्ध गराउने माहोल मिलाउन मुख्य निर्वाचन कार्यलले भुमिका खेल्नु पर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष योगेन्द्र बलायर बताए । छिटो सुचना दिने बिषयमा आफु गम्भिर रहेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

निर्वाचन आयोगको आचार संहिता बिवरीत कसैले चुनाबमा प्रचार प्रसार गरीएको भेटीएमा तत्काल कार्वाहि गर्ने समेत पौडेलले बताएका छन् ।

मदिरामा प्रतिबन्ध

डोटीमा मदिरा बिक्रि बितरण र सेवनमा  पुर्ण रुपमा प्रतिबन्ध लगाईएको छ ।स्थानिय तहको निर्वाचनलाई मध्य नजर गर्दै जिल्लामा सर्वदलिय सर्वपक्षिय बैठक बसि मदिरा बिक्रि बितरणमा प्रतिबन्ध लगाएको डोटीका प्रमुख जिल्ला अधिकारी गोकण प्रसाद शर्माले बताउनु भयो ।स्थानिय तहको निर्वाचनलाइ मध्यनजर गरी असार ९ गते देखि १९ गते सम्म पुर्ण रुपमा बिक्रि बितर र सेवनमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासज कार्यलयले जनाएको छ । मदिरा सेवन र बिक्रिबितरण गरेको भेटीएमा कडा कार्वाही गरीने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

स्थानिय तहको  निर्वाचनमा मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने वातावरणका लागि जिल्लामा सुरक्षा व्यवस्था समेत कडा पारीएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै