असार ८, काठमाडौँ | राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, काठमाडौँ | राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपालाई मनाउन प्रदेश–२ मा नयाँ मतपत्र छाप्ने

८ असार २०७४, बिहीबार ०१:२८

असार ८, काठमाडौँ | राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग लचिलो बन्ने संकेत गरेको छ। आयोगको उच्च स्रोतले दिएको जानकारीअनुसार आन्दोलनरत राजपाले प्रदेश–२ मा २ असोजका लागि निर्धारित तेस्रो चरणको निर्वाचनमा सहभागी हुने सुनिश्चितता देखाए नयाँ मतपत्र छाप्न सकिने संकेत गरेको हो । 

‘राजनीतिक परिस्थिति त्यहीअनुसार अघि बढेको छ। नयाँ दल दर्ता र नयाँ चिह्न दिनुपर्ने अवस्था देखिँदै छ। त्यो अवस्थामा नयाँ मतपत्र छाप्न आयोगलाई समय पनि छ। लामो समयसम्मको ग्याप केका लागि त ?’ आयोग स्रोतले भन्यो, ‘उहाँहरू निर्वाचनमा सहभागी हुन समयभित्र नै प्रक्रियामा आए नयाँ मतपत्र छाप्न सकिन्छ।’

तर असार मसान्तभित्रै सरकार र राजपाबीच सहमति भएर प्रक्रियामा आइसक्नुपर्ने आयोगको भनाइ छ। नयाँ मतपत्र छाप्न सात साताको समय लाग्ने र सरकारले थप रकम उपलब्ध गराउनुपर्ने आयोग स्रोतले जनाएको छ। राजनीतिक दलहरूबीच सहमति भएअनुसार नै आयोगले काम कारबाही अघि बढाउने र निर्वाचन सबैका लागि र सबैलाई सहभागी गराउने उद्देश्यअनुरूप आन्दोलनरत पक्षसँग सरकारले सहमति गरेर नै निर्वाचन सारेकाले त्यो सम्भावना बढेको आयोग स्रोतले बताएको हो।

हाल निर्वाचन प्रयोजनका लागि दर्ता भएका बाहेक अन्य राजनीतिक दलहरूसमेत निर्वाचनमा सहभागी हुने अवस्था आएर नयाँ परिस्थिति बने आयोग नयाँ मतपत्र छाप्न तयार देखिएको छ। तर असारको अन्त्यसम्ममा नयाँ दलहरू दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया पूरा गरेर आउँदा मात्र त्यो सम्भावना रहने स्रोतले बताएको छ। प्रक्रिया पूरा गरेर दर्ता हुने नयाँ राजनीतिक दलहरूले समेत हाल कायम भएकै चिह्न लिन मान्ने अवस्था भए भने नयाँ मतपत्र छाप्नुपर्नेछैन।  आयोगले अहिलेसम्म आन्दोलनरत पक्षलाई उनीहरूको मागबमोजिम निर्वाचन चिह्न दिने औपचारिक निर्णय भने गरेको छैन। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सबै प्रदेशका लागि मतपत्र तयारी अवस्थामा रहेकाले नयाँ मतपत्र छाप्ने विषयमा छलफल नै नभएको बताए। ‘नयाँ मतपत्र छाप्ने कुनै त्यस्तो निर्णय भएको छैन, आयोगले पहिले नै छापेको मतपत्र तयारी अवस्थामा छ,’ प्रवक्ता शर्माले भने।

संविधान संशोधनकै अडान

सरकार र निर्वाचन आयोग नयाँ चिह्न दिन लचक भए पनि राजपा भने संविधान संशोधनकै अडानमा रहेको छ। आन्दोलनरत राजपाका महासचिव मनीष सुमनले मागहरू पूरा भए मात्र आफूहरू निर्वाचनमा सहभागी हुने कुरा सरकारसँग स्पष्ट रूपमा राखिसकेको बताए। ‘मतपत्रमा हाम्रो चिह्न राखिनु र नयाँ मतपत्र छाप्नु ठूलो कुरा होइन। त्यो नियमित प्रक्रिया हो, त्यो आयोगको कर्तव्य पनि हो,’ सुमनले राजधानीसँग भने, ‘मूल रूपमा हामीले राख्दै आएको संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या वृद्धि, मुद्दा फिर्ता, सहिद घोषणा, घाइतेहरूलाई क्षतिपूर्तिलगायतका मागमा सरकार जिम्मेवार भएर पूरा गरे हामी निर्वाचनमा सहभागी हुन्छौं।’

स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगले १ करोड ६५ लाख मतपत्र छापेको थियो। आयोगले आवश्यक पर्नेभन्दा १५ देखि २० प्रतिशत बढी मतपत्र चाहिने भन्दै बढी छापेको हो। नयाँ मतपत्र छाप्नुपर्ने अवस्था आए आयोगलाई सात साताको समय लाग्ने बताइएको छ। प्रदेश–२ मा २६ लाखको हाराहारीमा मतदाता रहेकाले तेस्रो चरणको निर्वाचनमा नयाँ मतपत्र छाप्दा ३५ लाख मतपत्र छाप्नुपर्ने हुन सक्छ। हाल कायम भएको मतपत्रमा ६८ लहरसम्म राजनीतिक दलहरूको फरकफरक चिह्न राखिएको छ। सरकारले केही दिनअघि मात्रै दुई चरणमा सम्पन्न गर्ने भनेको स्थानीय तह निर्वाचन प्रदेश–१, ५ र ७ मा १४ असारमा र प्रदेश–२ मा २ असोजमा गर्ने नियर्णय गरेको थियो। यसअघि पहिलो चरणअन्तर्गत प्रदेश–३, ४ र ६ मा ३१ वैशाखमा नै निर्वाचन सम्पन्न भइसकेको छ। – राजधानी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली