प्रकाश बम | असार ९, डोटी | स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि सुरक्षार्थमा खटिएका सुरक्षाकर्मिले अध्यक्ष पदका उम्मेद्धारलाई धम्की दिएको पिडितले बताएका छन् ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | असार ९, डोटी | स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि सुरक्षार्थमा खटिएका सुरक्षाकर्मिले अध्यक्ष पदका उम्मेद्धारलाई धम्की दिएको पिडितले बताएका छन् ।
<"/>
2026-06-29 04:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

अध्यक्ष पदका उम्मेद्धारालाई ‘धम्की’

प्रकाश बम | असार ९, डोटी | स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि सुरक्षार्थमा खटिएका सुरक्षाकर्मिले अध्यक्ष पदका उम्मेद्धारलाई धम्की दिएको पिडितले बताएका छन् ।

डोटीको बडीकेदार गाउ पालिकामा नेकपा माओवादि केन्द्रबाट अध्यक्ष पदका उम्मेद्धार जंग बिक (शैलेन्द्र) लाई सुरक्षाकर्मिले धम्की दिएको उनले बताएका छन् । बुधबार राति नेपाली सेनाका क्याप्टन धुब्र राणा र शसस्त्र प्रहरीका ईन्सपेक्टर धन सिँ महराले भेटेर धम्की दिएको बिकले बताएका छन् । 

साबिकको बर्छेन गाविसमा रहेको राजु गेष्ट हाउसमा बसि रहेका अध्यक्ष पदका उम्मेद्धारा बिकलाई सोहि होटलको माथिल्लो तलामा बोलायर धम्क्याएको बिकको भनाई छ । बिकले भन्नुभयो, ‘उनिहरुले माथि बोलाए, अत्याधिक मदिरा पनि सेवन गरेका थिए । माथिल्लो तलामा बोलायर शसस्त्रका महराले आफु जनयुद्धको पनि सफल कमाण्डर हो, धेरै माओवादी मारेको छु म यहाँ पनि सफल हुन्छु ।’

उक्त घटनाले स्वतन्त्र र निश्पक्ष निर्वाचन हुनेमा आशंका रहेको माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी जिल्ला ईन्चार्ज त्रिलोचन भट्टले बताए । ‘चुनाबी प्रचारका क्रममा रहेका आफ्नो पार्टीका उम्मेदवारलाई भेट्न बोलाएर धम्कि दिनु आपत्तिजनक घटना भएको भट्टले बताए । घटनाको तत्काल निस्पक्ष छानबिन हुनु पर्ने र  दोषिलाई कडा कार्वाही गर्नु  भट्टको भनाई छ । 

सुदुर पश्चिम शसस्त्र प्रहरीबलका डिआईजि खड्क बहादुर राईले अनुसन्धानका लागि डिएसपी केशब प्याकुरेलको नेतृत्वमा टोली खटाएको बताए । घटनाको सत्य तथ्य के हो ? छानविनका लागि डिएसपी नेतृत्वमा बडिमालिका गण अत्तरिया, कैलालीबाट टोलि त्यस ठाउँमा पठाएको डिआईजि राईले बताए । उहाँले भन्नुभयो, ‘पहिलेको सशस्त्र प्रहरी निरिक्षकको ठाउँमा अर्का सशस्त्र प्रहरी निरिक्षक शंकर दत्त तिवारी बुधबार पठाई सकेको उनले बताए’ । दुबै सुरक्षा निकायका अधिकृतहरु फिर्ता भएर अर्का अधिकृत आईसकेको सो ठाउमा निर्वाचनका लागि खटाएका अधिकृत धनराज शर्मा बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित