असार ९, धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी हुनुपर्ने ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ९, धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी हुनुपर्ने ब"/>

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्न काँग्रेसले जित्नुपर्छ: प्रधानमन्त्री


असार ९, धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी हुनुपर्ने बताउनुभएको छ । 

धनगढी उपमहानगरपालिकाको फूलबारी र मनहेरामा आज छुट्टाछुट्टै रुपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनसँग सम्बन्धित भएकाले यो चुनावमा काँग्रेसले जित्नै पर्ने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री देउवाले जनताको अधिकारका लागि सात सालदेखि हालसम्म भएका परिवर्तनका आन्दोलनको नेतृत्व काँग्रेसले गरेकै कारण नेपाली जनता अधिकारसम्पन्न भएको उल्लेख गर्दै अहिलेको संविधान कार्यान्वयनका लागि पनि काँग्रेसलाई साथ दिन आग्रह गर्नुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रजातन्त्र टिकाउन र सुदृढीकरण गर्नका लागि काँग्रेसको विकल्प छैन ।” 

विकासको दृष्टिकोणले देशका अन्य क्षेत्रभन्दा पछाडि परेको ७ नम्बर प्रदेशको समग्र विकासका लागि काँग्रेसले पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज निर्माणमा अवरोध गरेको भन्ने आफूप्रति लागेको आरोपको खण्डन गर्दै भन्नुभयो, “नमुना मेडिकल कलेज बन्नुपर्छ भन्ने व्यक्ति कसरी अवरोध गर्न सक्छ ।” 

उहाँले गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नमुनाको बनाउने, आयुर्वेदिक अस्पताल स्थापना गर्ने र औद्योगिक क्षेत्र निर्माण गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले कैलालीको गौरीफन्टा भन्सार नाकालाई व्यवस्थित नाका बनाउन भारत सरकारसँग कुरा भएको बताउनुभयो । 

प्रधानमन्त्रीले चुनावपछि चुनिएर आउने जनप्रतिनिधिमार्फत विकास निर्माणका काम हुने भएकाले यो चुनाव बिशेष महत्वको रहेको उल्लेख गर्दै काँग्रेस विजयी भए वृद्धभत्ता दोब्वर पार्ने, सात नम्बर प्रदेशको चमेलिया जलविद्युत आयोजना र पश्चिम सेती जलविद्युत आयोजनाको कार्यान्वयन गरिने बताउनुभयो । 

पूर्व पश्चिम राजमार्गअन्तर्गत कैलाली कञ्चनपुरमा पर्ने २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको स्मरण गराउँदै उहाँले आगामी पाँचवर्षमा सात नम्बर प्रदेशका हरेक गाउँमा सडकलगायतका पूर्वाधारको विकास गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले काँग्रेसको नेतृत्वमा मात्रै मुलुकमा विकास र समृद्धि सम्भव रहेको बताउनुभयो । 

अर्का नेता प्रदीप पौडेलले पहाडी अतिवाद र मधेसी अतिवादको चक्रव्युहमा अहिले देश फसेको उल्लेख गर्दै यसलाई जोड्दै सवै नेपालीबीच राष्ट्रिय एकता कायम गर्न काँग्रेसले मात्रै सक्ने बताउनुभयो । 

सभामा काँग्रेसको तर्फबाट धनगढी उपमहानगरकापालिकाको प्रमुख पदका प्रत्यासी नृप ओड र उपप्रमुखका प्रत्यासी सुशीला मिश्र भट्ट, सांसदहरू पुष्करनाथ ओझा, प्यारेलाल राना, ईश्वरी न्यौपाने, बुद्धिसागर चौधरी, हीरादत्त भट्ट, जिल्ला सभापति नरनारायण शाहलगायतले बोल्नुभएको थियो । 

चौथो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक धनगढी पुग्नुभएका देउवाले आजै कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई समेत सम्बोधन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई