2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार भोट माग्न किसानको खेतमै पुगे


असार १०, डडेल्धुरा । स्थानिय तहको  निर्वाचनको मिति नजिकिदै जादा दलहरुलाई घरदैलो अभियनमा भ्याई नभ्याई भएको छ । भने अर्कोतिर किसानहरुलाई  रोपाइको चटारो बढी रहेको छ ।

असार सूरु भएसंगै डडेल्धुराका अधिकाँस क्षेत्रमा किसानहरुलाई धान रोप्ने चटारो भएको छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असार महिनालाई लिने भएकाले किसानहरुलाई यतिबेला धान रोप्न भ्याईनभ्याई भएको हो ।

किसानहरुले जेठको अन्तिम साताबाट छिटपुट रुपमा रोपाई सूरु गरेपनि असार महिनामा अत्याधिक वर्षा हुने र रोपाइ गर्न पनि किसानहरुलाई सहज हुने भएपछि धान रोप्ने मुख्य सिजन ठानेका छन् । अहिले जिल्लाभरिका खेतीयोग्य जमिनमा धान रोप्नका लागि कोही आकासे पानीको भरमा छन् भने कोही खोलानाला नजिक रहेका खेतबारीमा धान रोप्नका लागि खेतमै खाना खाई  दिनरात काम गरिरहेका छन् ।

 तर एकातिर दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकिए सगै  दल हरुले घरदैलो अभियान  गर्दा मतदाताहरुलाई घरमा नभेटे पछि  खेतमै गएर भोट माग्दैै आफ्ना एजेन्डाहरु मतदाता समक्ष राखिरहेका छन् । आफ्नो हक हितमा जसले काम गर्छ खानेपानी सिंचाईका योजना जसले ल्याउएको छ त्यस उम्मदेवारलाई आफुले भोट दिने एक महिला किसान मनिषा पन्तको भनाई छ ।

जिल्लाका किसानहरु असार महिनाभरि रोपाई गर्न व्यस्त हुने भएपनि बिकाश गर्ने नेता आफनो गाउँको उम्मेदवार बनेकोले चुनावमा भने भोट हाल्न नछोड्ने अर्का किसान रेवती खडायतले बताउनु भयो ।

जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याकं अनुसार डडेल्धुराको कुल जनसंख्याको ९० प्रतिशत बढी जनसंख्या कृर्षिमा आश्रित छन् । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफल  जमिनमा धान खेति गरिन्छ । 

यस बर्ष जेठ महिना बाट  मनसुन सुरु भएको हुदा जिल्लामा अहिले  सम्म १२ सय हेक्टर क्षेत्रफल  जमिनमा किसानहरुले रोपाई गरिसकेको भएपनि चुनावको चटारोका कारण केहि ठाँउको रोपाईमा समस्या भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका कृषि प्रसार अधिकृत टेक बहादुर बिष्टले बताउनुभयो ।

डडेल्धुरामा खेतीयोग्य जमिन ३० प्रतिशत मात्रै छ । जसमध्ये ७ प्रतिशत जमिन सिचाई अभावमा बाँझै छन । खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्रै बाह्रै महिना सिँचाई हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई