२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप, २० घाइते

२०७४, १० असार शनिबार ०८:४२

सम्राट सिंह/असार १०, बझाङ । जिल्लाको बित्थड चिर गाउँपालिकाको सुनकुडा मा एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप हुँदा २० जना घाइते भएका छन । 

शुक्रबार नेकपा एमालेका कार्यकर्ता बागथलाबाट ¥याली फिर्ता भएर देउलेकमा कोण सभाका लागि जाने क्रममा सुनकुडामा नेपाली कांगे्रसको ¥याली भेटिएपछि झडप भएको हो । बेलुका नेकपा एमाले र कांगे्रसका कार्यकर्ता बिच झडप हुँदा बझाङको सुनकुडा बजार हालसम्म पनि तनावग्रस्त छ । 

झडपको क्रममा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्ताले प्रयोग गरेको म १ प ८००६ नम्बरको मोटरसाइकल जलाइएको अनेरास्ववियुका जिल्ला अध्यक्ष हरिस खड्काले बताए  ।

एमाले र कांग्रेस दुवै पक्षले झडपका लागि एकअर्कामाथि दोष लगाउँदै आएका छन् ।

 प्रहरीले भने घटना सामान्य रहेको बताएका छन । नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री नरेश बहादुर सिंहले आफूहरुको सभा भइरहेको ठाउँमा एमालेको ¥याली आएको र उनीहरुले ढुंगा प्रहार गरेपछि झडप भएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै