असार १०, मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १०, मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । 
2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको विजयलाई कसैले रोक्न सक्दैन: ओली

असार १०, मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । 

नेकपा एमाले मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गर्नुभयो । 

एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै ओलीले भन्नुभयो – “राष्ट्रिय झन्डा च्यातिदा चुप लागेर बस्ने अनि एमालेले उठाउँदा आपत्ति जनाउने ”। यो निर्वाचनमा एमालेले जित्नेमा कुनै शङ्का नरहेको भन्दै उहाँले भन्नुभयो – “उर्लाबारीको समग्र विकासका लागि गुरुयोजना बनाएर एमाले अघि बढ्छ । 

हिजोका दिनमा मावा र बक्राहा खोला उर्लाबारीको पीडाको विषय बनेको थियो अब ती पीडाका विषय नरहने र त्यसलाई नियन्त्रण गरेर लाभ लिन सकिने छ”। आफूले देश बनाउने कुरा गर्दा विपक्षी दलले अनेकथरी आरोप लगाएको भन्दै ओलीले भन्नुभयो – “हामी विकास निर्माणको कुरा गर्छौ, उनीहरु त्यसलाई उखान टुक्का बुझ्छन् । देश बनाउने सङ्कल्प बोकेर हिँडेकै कारण आफ्नो पार्टी कसैसँग पनि झुक्दैन् ।” 

सभामा एमाले केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, एमाले सल्लाहकार सदस्य घनश्याम खतिवडाले पनि आफ्नो धारणा राख्नुभएको थियो । सभामा उर्लाबारीको नगर प्रमुख पदका उम्मेदवार भुपालसिंह जिमी र उपप्रमुख पदकी उम्मेदवार लक्ष्मी भण्डारीले आफ्ना प्रतिबद्धता राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई