असार १०, नवलपरासी । नवलपरासीको प्रतापपुर सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल गाँउपालिका अन्तर्गत पर्दछ । 

प्रतापुर गाउँपालिकाको वठा नं ६ कठहवाँ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, नवलपरासी । नवलपरासीको प्रतापपुर सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल गाँउपालिका अन्तर्गत पर्दछ । 

प्रतापुर गाउँपालिकाको वठा नं ६ कठहवाँ ग"/>

2026-06-29 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा चुनाव प्रचारमा हिँडेका कांग्रेस टोलीलाई स्थानीयकै अवरोध

2017-06-24


असार १०, नवलपरासी । नवलपरासीको प्रतापपुर सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल गाँउपालिका अन्तर्गत पर्दछ । 

प्रतापुर गाउँपालिकाको वठा नं ६ कठहवाँ गाउँमा आज विहान कांग्रेसका सांसद देवकरण कलवार (सन्तु) सहित कांग्रेसका उम्मेदवार टोली घरदैलो कार्यक्रम गर्न पुगेको थियो ।

त्यहाँ कांग्रेसले घरदैलो गर्दे गर्दा स्थानीयले अवरोधको प्रयास गरेका छन् । चुनाव बहिष्कारी राजपाका कार्यकर्ता एवं स्थानीले कांग्रेसको घरदैलो कार्यक्रमलाई अवरोधको प्रयास गरेका हुन् । कांग्रेस सरकारले मधेशी जनताको माग पुरा नगरि बलजफती चुनाव गराउन लागेको आरोप लगाउदै उनीहरुले घरेलुहतियारसहित कांग्रेस टोलीलाई आक्रमणको प्रयास गरेको कांग्रेसका स्थानीय नेताहरुले बताएका छन् ।  सोलगत्तै कांग्रेस टोली त्यहाँबाट सुरक्षित स्थलतर्फ लागेको थियो भने प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो । 

प्रतापपुर गाउँपालिकाको वडा नं. ६ कठहवाँ राजपका बरिष्ठ नेता ह्देश त्रिपाठीको गाउँ पनि हो । नेता त्रिपाठी र कांग्रेस सांसद कलवारको एउटै वडा हो तर गाउँ ५ सय मिटर फरकमा छ । सांसद कलवारले नेता त्रिपाठीलाई गत संविधान सभाको निर्वाचनमा हराएका थिए । 

पछिल्लो समयदेखि सांसद कलावार त्यस क्षेत्रमा विभिन्न विषयमा विवादित बन्दै गएपछि कलवार प्रति त्यहाँका जनताहरु आक्रोसित छन् । त्यसैकारणले आज कलवार सहितको घरदैलो टोलीलाई लखेटका एक स्थानियले बताए । 

त्यसैबिच जिल्लाको संवेदनशिल नगरपाललिका तथा गाउँपालिकामा पनि चुनावी रगर्मी बढेको छ ।  विभिन्न दलका उम्मेदवारहरु आ–आफनो विकासका एजेण्डाहरु लिएर मतदाताको घरदैलोमा पुगी मत माग्ने गरेका छन् । सुरक्षाको दृष्टिकोणले जिल्लाको १ नगरपालिका र ४ गाउँपालिका संवेदनशिल क्षेत्र पर्दछन् । यि क्षेत्रहरु राजपाको पकड भएको क्षेत्र रहेको मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ