असार ११, परासी | नवलपरासीमा चुनावी सरगर्मी बढदै जाँदा यहाँका उम्मेदवारहरु चुनाव आफनो पक्षमा पार्न विभिन्न शुत्र अपनाएका छन् । उम्मेदवारहरु आफनो चुनावी एजेण्डा लिएर मतदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ११, परासी | नवलपरासीमा चुनावी सरगर्मी बढदै जाँदा यहाँका उम्मेदवारहरु चुनाव आफनो पक्षमा पार्न विभिन्न शुत्र अपनाएका छन् । उम्मेदवारहरु आफनो चुनावी एजेण्डा लिएर मतदा"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस्तो नवलपरासीमा चुनावी आँकडा (७ वटै तहको चुनावी गणित सहित)

२०७४, ११ असार आईतवार ०८:३०


असार ११, परासी | नवलपरासीमा चुनावी सरगर्मी बढदै जाँदा यहाँका उम्मेदवारहरु चुनाव आफनो पक्षमा पार्न विभिन्न शुत्र अपनाएका छन् । उम्मेदवारहरु आफनो चुनावी एजेण्डा लिएर मतदाताको घरदैलो तथा खेतखेतमै पुगी मतमागी रहेका छन् । उम्मेदवारहरु आ–आफनो तहमा भौतिक, आर्थिक र सामाजिक विकासका लागि विभिन्न आश्वासन बाडदै मतदाताहरुलाई आकर्षित गर्न खोजीरहेका छन् ।

जिल्लाको परासी क्षेत्रमा ३ नगरपाकिला र ४ गाउँपालिमा दोश्रो चरणको निर्वाचन हुदै छ । निर्वाचन क्षेत्र नं. ४, ५ र ६ मा गरि यि ७ वटा तहमा निर्वाच हुदै छ । सुनवल र बर्दघाटन गरपालिका जिल्लाको हाईवे क्षेत्रमा पर्दछन् भने रामग्राम नगरपालिका, पाल्हीनन्दन,सरावल, प्रतापुर र सुस्ता गाउँपालिका तराई क्षेत्रमा पर्दछन् ।

के छ ७ वटै तहको चुनावी गणित

सुनवल नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, र माओबादी केन्द्र गरि तिन कोणिय प्रतिस्पर्धा हुने देखिएको छ । सुनवलमा नगरपालिकामा साविक रामनगर गाविस र अमरौड गाविसको केहि वडा मिसाएर सुनवल नगरपालिका कायम गरिएको छ । सुनवल नगरपालिका निर्वाचन क्षेत्र नं. ४ मा पर्दछ । निर्वाचन क्षेत्र नं. ४ नेपाली कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ । विगत लामो समयदेखि निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसले नै किला गाडदै आएको कारण यस पटक नगरपालिकामा पनि कांग्रेसले नै बाजी मार्ने सम्भावना बढेको स्थानियले मुल्याङ्कन गरेको बताए ।

नगरमा कांग्रेसको मेयरका उम्मेदवार भिम बहादुर थापाक्षेत्री युवा समाजसेवी, युवा व्यवासयी र नगरको लोकप्रिय पात्र रहेको कारण पनि सुनवलको जनमत थापकै पक्षमा देखिएको छ । थापा हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य र कांग्रेसको महासमिति सदस्य पनि हुन् । थापा नगरमा नितान्त सामाजिक क्षेत्रमा क्रियाशिल भई काम गर्दै आएका छन् भने विकास निर्माणका काममा पनि सहयोग पु¥याउदै आएका छन् । थापाको समाजप्रतिको साकारात्म भावना र नगरको समग्र विकास प्रतिको चाँसोले स्थानिय थापालाई नै चुन्ने मानसिकता तयार गरेको स्थानियले बताए ।

त्यस्तै रामग्राम नगरपालिका पनि निर्वाचन क्षेत्र नं. ४ मै पर्ने हुँदा कांग्रेसकै गढ भएको नगरको रुपमा लिइएको छ । यस नगरमा मधेशी जनताहरुको बढि बसोबास रहेको हुँदा यहाँ मधेशवादी दल नेकपा एमाले र माओबादी केन्द्र भन्दा बलियो छ । त्यसकारण नगरमा कांग्रेसको मुख्य प्रतिस्पर्धी नगरमा फोरम नेपाल, फोरम लोकतान्त्रिक र नयाँशक्ति नेपालको गठबन्धन संग हुने देखिएको छ । यद्यपी राजपा चुनावमा भाग लिएको छैन । गबन्धनलाई राजपाको समनर्थ छैन त्यसकारण यहाँ पनि कांग्रेस नै निस्किने सम्भावना देखिएको छ ।

अर्काे नगरपालिका बर्दघाटमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुने देखिएको छ । बर्दघाटन निर्वाचन क्षेत्र नं. ५ मा पर्दछ । ५ नं. निर्वाचनमा नेपाली कांग्रेसकै सांसाद विक्रम खनाल गत संविधान सभाको निर्वाचनबाट जिनतेका छन् । ५ नम्बर निर्वाचन क्षेत्र पनि कांग्रेसकै पकड भएको क्षेत्र हो । यस नगरमा कांग्रेस र एमालेको ५०÷५० प्रतिशत मतदाताहरु रहेको अनुमान गरिएको छ जसकार यस नगरम यि दुईटैको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

बाकी जिल्लाको ४ गाउँपालिकाहरु पनि कांग्रेसकै पकड भएको क्षेत्रमा पर्दछन् । पाल्हीनन्दन सरावल नगरपालिका निर्वाच क्षेत्र नं. ५मा पर्दछन् भने प्रतापपुर र सुस्तागाउँपालिका निर्वाचन क्षेत्र नंं ६ मा पर्दछन् । जिल्लाबाट निर्वाचन क्षेत्र ५ र ६ बाट कांग्रेसकै उम्मेदवार जितेका थिए । ग्रामिण क्षेत्रका यि ४ वटै गाउँपालिकामा एमाले र माओबादीको खासै भोट छैन । यि गाउँपालिकाहरुमा कांग्रेस र राजपको प्रतिस्पर्धा हुने थियो तर राजपा चुनाव भन्दा बाहिर रहेपछि यहाँपनि कांग्रेस नै जित्ने निश्चित छ । जिल्लाको ७ वटै तहमा कांग्रेस बलियो छ । यि ७ वटै तह कांग्रेसले आफनो पक्ष्मा ल्याउन निकै कसरमा जुटेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै