2026-07-25 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणको मतदान सुरु


असार १४, काठमाडौँ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतदान प्रदेश नं १, ५ र ७ मा बिहान ७ बजेबाट सुरु भएको छ । 

मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि मतदान गर्न भेला भएका छन् । बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ । 

निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा  छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । 

स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् । 

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् । 

निर्वाचन आयोगले सम्पूर्ण तयारी र सुरक्षाको प्रबन्ध गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ मा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ ।  

– पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामको बालदमन्दिर मतदान केन्द्रबाट आज विहानै मतदान गरेका छन् । 

– यस्तै सभामुख ओनसरी घर्तीले मतदान गरेकी छन् । सभामुख घर्तीले रोल्पा नगरपालिका वडा नम्बर ७ को बालउद्य मावि जंगकोटबाट बिहान मतदान गरेकी हुन् ।

– बर्दियाको बासगढी नगरपालिका वडा नम्वर ८ स्थित त्रिभुवन माध्यमिक विद्यालय ककौराको केन्द्र ग बाट मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक