Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एसिडसहितको मतपत्र खसालेपछि स्थगित मतदान पुन: सुचारु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १४, रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर १० भनभने मतदान स्थलमा मतपेटिकामा एसिड खसाएपछि स्थगित गरिएको मतदान सुचारु भएको छ ।

निर्वाचन आयोगको परामर्श र मतदान स्थलमा रहेका दलका प्रतिनिधिको सर्वपक्षीय सहमतिमा मतदान सुचारु गरिएको हो । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार मतपत्र पट्याउँदा नै एसिड राखेर मतपेटिकामा खसाएको पाइएको छ ।

थोरै मात्रामा एसिड भएकाले करीब दर्जन मतपत्रका छेउछाउमा क्षति पुगेको छ । चिन्ह बुझिने हकका मत पत्र गणना गर्ने सर्वदलीय सहमतिमा मतदान सुचारु गरिएको हो । करिव चार घण्टा मतदान स्थगन भएको थियो ।

एसिड कस्ले राख्यो भन्ने बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।