2026-07-05 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई पोखरा हिरासतबाट बुटवल लैजाने तयारी, किन लगिदै छ बुटवल ?

काठमाडौँ | सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतबाट बुटवल लैजाने तयारी गरिएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई थप अनुसन्धानका लागि बुटवल पुर्याउन लागिएको हो। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट संकलित १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा हिनामिना भएको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो। यो रकम लामिछानेको हस्ताक्षरमा खर्च गरिएको आरोप छ। संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा, र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडेलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको थियो। यसअघि छविलाई रुपन्देहीमा लगेर १३ घण्टासम्म बयान लिएर पुनः पोखरा पठाइएको थियो भने लामिछानेलाई अब बुटवल ल्याउने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ।

लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए र त्यसयता कास्की प्रहरीको हिरासतमा छन्। कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका बेला लामिछानेलाई बुटवल लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार लामिछानेलाई आजै नभए भोलि बिहान विमानमार्ग हुँदै भैरहवा ल्याइने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै