2026-06-30 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङको काँडा गाउँपालिकामा काँग्रेस विजयी

2017-06-29

सम्राट सिंह/बझाङ । बझाङ जिल्लाको अति विकट गाउँपालिका काँडामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन । 

नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिश्पर्धा गर्दै काँग्रेसका अध्यक्षका उम्मेदवार राजेन्द्र बोहरा र उपाध्यक्षका उम्मेदवार कल्पना बोहरा विजयी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धु्रव बहादुर भण्डारीले बताए । 

काँडा गाउँपालिकामा नेकपा एमालेको अध्यक्षका उम्मेदवारको ३ सय ३६ मत र नेपाली काँग्रेसका उम्मेदवार ३ सय ९४ रहेको थियो ।

यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारको ३ सय २६ मत रहेको थियो भने  नेपाली काँग्रेसका उम्मेदवारको ३ सय ९४ मत ल्याएर विजयी भएको  जिल्ला प्रहरी कार्यालयका डियसपी नरेन्द्र चन्दले बताए । 

२ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङ जिल्लामा सबैभन्दा पहिले काँडा गाउँपालिकाको मतगणना सकिएको छ ।

जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा सवार्धपूर्वक निर्वाचन सम्पन्न भएपनि जयपृथ्वी नगरपालिका वडा नम्बर ३ मा भने अशक्त नागरिकको मतदान गर्ने क्रममा विवाद हुँदा स्थगित गरिएको निर्वाचन भोली ७ बजेबाट शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्लामा रहेका सम्पूर्ण मतदान केन्द्रमा मत गणना शुरु भएको र केही वडाहरुमा मत परिणाम समेत आइसकेको छ । सुर्मा गाउँपालिका वडा नम्बर १,काँडा २ र ३ मा नेपाली काँग्रेसको प्यानल, थली दुर्गा गाउँपालिका वडा नम्बर ६, मष्टा गाउँपालिका ६ र  थलारा गाउँपालिकामा  १ मा नेकपा माओवादी केन्द्र को प्यानल नै विजयी भएको छ । यसैगरी चिर बित्थड गाउँपालिका २,मष्टा गाउँपालिका १ र ७, थलारा गाउँपालिका ९ मा नेकपा एमालेले जीत हासिल गरेको छ । जिल्लाभरी अन्य वडाहरुमा मतगणना शुरु भएको छ भने बझाङ जिल्लामा ९७ हजार ६ सय ११ मतदाता रहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन