2026-07-04 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

क्षतिपूर्तिको सहमति नजुट्दा नगरकोटीको शव अझै अस्पतालमै

काठमाडौँ | झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करका कारण ज्यान गुमाएका कागेश्वरी मनहरा-२ आलापोटका ३८ वर्षीय नारायण नगरकोटीको शव अझै अस्पतालमै रहेको छ। परिवार र चालक पक्षबीच क्षतिपूर्तिको सहमति नजुट्दा शव व्यवस्थापनमा ढिलाइ भएको हो।

बुधबार शंकरापुर-९, इन्द्रायणीमा भएको दुर्घटनामा नगरकोटीको निधन भएको थियो। ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो भने उनकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भई अहिले भेन्टिलेटरमा छन्।

दुर्घटना पश्चात चालक भुजेलले मृतक र घाइतेको परिवारलाई उचित क्षतिपूर्ति दिन तयार रहेको जनाएका छन्। उनले प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँसम्म क्षतिपूर्ति दिने प्रस्ताव राखेका छन्। तर, नगरकोटीको परिवारले यो प्रस्ताव अस्वीकार गर्दै प्रतिव्यक्ति ५० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।

घटनामा कानुनी प्रक्रिया र क्षतिपूर्तिको विषय
सवारी तथा यातायात ऐन २०४९ अनुसार मृतकका परिवारलाई पाँच लाख ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ। साथै, घाइतेको सम्पूर्ण उपचार खर्च पनि चालक पक्षले व्यहोर्नुपर्छ।

तर, मृतक परिवारले कानुनले तोकेको मापदण्डलाई पर्याप्त नठानी, पत्नी सानुमायाको अवस्था गम्भीर रहेको भन्दै उनलाई पनि मृतकसरह क्षतिपूर्ति दिनुपर्ने अडान लिएका छन्।

प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ। घटनास्थलको सीसीटीभी फुटेज संकलन भइरहेको छ भने भुजेलविरुद्ध कुन दफाअन्तर्गत मुद्दा चलाउने भन्ने निर्णय प्रमाणको अध्ययनपछि गरिने बताइएको छ।

यदि चालकको लापरवाही प्रमाणित भएमा सवारी ज्यान मुद्दा अन्तर्गत १० वर्षसम्मको कैद सजाय हुन सक्छ। घटनामा नियतवश ठक्कर दिएको प्रमाण फेला परेमा भने सजाय २० वर्षसम्म तोकिन सक्छ।

नगरकोटी परिवारको स्थिति
नारायण नगरकोटी पूर्व माओवादी लडाकु हुन्। उनी र उनकी पत्नीका १४ र ६ वर्षका दुई छोरी छन्। सानुमायाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको र उनी भेन्टिलेटरमा निर्भर रहेको अस्पतालले जनाएको छ।

अहिलेसम्म क्षतिपूर्तिमा सहमति नजुट्दा शव अस्पतालमै रहेको छ भने मृतक परिवारले कानुनी र मानवीय आधारमा उचित न्यायको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै