Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका एक/एक स्थानमा काँग्रेस-एमाले विजयी

२०७४, १७ असार शनिबार ०४:२७

असार १७, नवलपरासी । नवलपरासीमा मतगणना सम्पन्न भएको दुई गाउँपालिकामध्ये एक स्थानमा नेपाली काँग्रेस र एक स्थानमा नेकपा (एमाले) विजयी भएका छन् । 

प्रतापुर गाउँपालिकामा काँग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएको हुन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई सात सय नौ मतले पराजित गर्दै काँग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी हुनुभएको हो । शर्माको चार हजार चार सय ३६ र चौधरीको तीन हजार सात सय २७ मत छन् । 

उपाध्यक्षमा पनि काँग्रेस विजयी भएको छ । फोरमकी गुनकुमारी थारुलाई एक हजार चार सय ५ मतले हराउँदै काँग्रेसकी अञ्जुकुमारी चौधरी विजयी हुनुभएको हो । चौधरीको चार हजार चार सय ८६ र थारुको तीन हजार ८१ मत छन् । 

नौ वटा वडा रहेको गाउँपालिकामा एक स्वतन्त्रसहित चार काँग्रेस, दुई फोरम र एक एक वडाअध्यक्ष माओवादी र एमालेले जितेका छन् । स्वतन्त्रबाट वडाअध्यक्षमा जित्नेमा कादिर अलि हुनुहुन्छ । 

यसैगरी सुस्ता गाउँपालिकामा काँग्रेसका हसमुद्दिन शेखलाई पाँच सय ५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडाध्यक्षमा विजयी हुनुभएको छ । पाण्डेयको तीन हजार पाँच सय ११ र शेखको दुई हजार नौ सय ५२ मत छन् ।

 त्यसैगरी उपाध्यक्षमा एमालेकी इन्द्रकुमारी थरुनीले काँग्रेसकी विमला ढुङ्गानालाई सात सय २९ मतले पराजित गर्नुभएको छ । थरुनीको तीन हजार पाँच सय ६५ छ भने ढुङ्गानाको दुई हजार आठ सय ३६ मत छन् । पाँच वटा वडा रहेको गाउँपालिकामा १ र ५ नं वडाका अध्यक्षमा काँग्रेसले जितेको छ । एमालेले २ र ४ तथा राप्रपाले ३ नंमा वडाअध्यक्ष जितेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ