<p><b>असार १७, रोल्पा । </b>माओवादीको आधार क्षेत्र रोल्पामा पहिलो पटक नेकपा एमालेले विजयी खाता खोलेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित बहुमत वडामा एमाले विजयी भएको छ ।<br></p><p>अध्यक्षमा एमालेका बालाराम बुढा ३४०२ मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै छमाया पुन ३४५२ मत प्राप्त गरि विजयी भएकी छन् ।</p><p>रोल्पाकै त्रिवेणी गाउँपालिकामा पनि एमालेले बिजय हासिल गरेको छ । </p>
