2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा ८ स्थानिय तहमा एमाले र ४ मा काँग्रेस विजयी

सम्राट सिंह/असार १८, बझाङ । बझाङमा स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा ८ स्थानिय तहमा नेकपा एमाले र ४  स्थानमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन । 

शनिवार राती जिल्लाका २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानमा मतगणना सकिदा  ८ मा एमाले र ४ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन ।  

काँग्रेसका तर्फबाट बुंगल नगरपालिकाको प्रमुखमा धनबहादुर बिष्टले ५ हजार २ सय ५९ मत ,काँडा गाउँपालिकाको प्रमुखमा राजेन्द्र धामीले ३ सय ९४ मत , खप्तड छान्ना गाउँपालिकाको प्रमुखमा बर्क रोकायाले २ हजार २ सय ७९ मत  र सुर्मा गाउँपालिकाको प्रमुखमा नर बहादुर बोहराले प्रमुखमा विजयी भएका छन । 

एमालेका तर्फबाट जयपृथ्वी नगरपालिकामा बिरेन्द्र खडकाले ३ हजार ४० मत, तल्कोट गाउँपालिकामा लाल बहादुर बिष्टले २ हजार ६४ मत, थली दुर्गा गाउँपालिका अध्यक्षमा प्रयाग राज जोशीले १५९० मत, मष्टा गाउँपालिकामा कर्ण बहादुर कठायतले २१ सय ४२ मत,थलारा गाउँपालिकाको भुवनेश्वर उपाध्यायले २७ सय ७८ मत, केदार स्यू गाउँपालिकामा इन्द्र भण्डारीले २ हजार ८ सय १५ मत, चिर बित्थड गाउँपालिकामा प्रेम बहादुर बोहराले ६ हजार ७ सय ११ मत र छविस पाथिभेरा गाउँपालिकाको प्रमुखमा अक्कल धामी  विजयी भएका हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई