2026-09-19 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीका ७ स्थानिय तहमध्ये ५ तहको नतिजा सार्बजनिक

सरु शर्मा/असार १८, नवलपरासी । दोस्रो चरणको निर्बाचन भएका नवलपरासीका ७ स्थानिय तहमध्ये अहिले सम्म ५ स्थानिय तहको नतिजा सार्बजनिक भईसकेको छ । 

नवलपरासीको परासी क्षेत्रका सुनवल नगरपालिका, प्रतापपुर गाउपालिका, सरावल गाउपालिका, सुस्ता गाउपालिका र पाल्हिनन्द गाउपालिकाको नतिजा सार्बजनिक भएको हो । 

सुनवल नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेद्वार भिम बहादुर थापा ( भरत ) बिजयी हुनुभएको हो । उहाले ९७०७ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिद्धन्द्धि एमालेका बिमला अर्यालले ९१८२ मत प्राप्त गर्नुभयो ।

 यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार दधिराम अर्याल बिजयी हुनुभएको छ।  उहाले ९९१० मत प्राप्त गर्नुभएको हो । उहाका प्रतिद्धन्दि नेपाली काँग्रेसका तारादेवि भण्डारीले ८५५४ मत प्राप्त  गर्नुभएको थियो ।

 यस्तै सरावल गाउपालिकामा अध्यक्षमा मधेशी जनअधिकार फोरम , नेपाल लोकतान्त्रिकका राधेश्याम चौधरी बिजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसका उत्तमा राय बिजयी हुनुभएको छ । अध्यक्ष चौधरीले ५०४५ मत प्राप्त गर्नुभएको हो भने उहाका प्रतिद्धन्द्धि काँग्रेसका प्रदिप अग्रहरीले ३९१६ मत प्राप्त गरी पराजित हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा काँग्रेसबाट बिजयी हुनुभएकी उत्तमा रायले ४४५८ मत प्राप्त गर्नुभएको छ भने उहाका प्रतिद्धन्दि मधेशी जनअधिकार फोरम , नेपाल लोकतान्त्रिकका  सुनिता हरिजनलाई पराजित गर्नुभएको हो । उहाले ४३४३ मत प्राप्त गर्नुभएको थियो ।

 यता प्रतापपुर गाउपालिकामा दुबै पदमा नेपाली काँग्रेसका उम्मेद्वार बिजयी भएका छन् । नेपाली काँग्रेसका अध्यक्ष  पदका उम्मेद्वार राजकुमार शर्मा ४४३६ मतका साथ बिजयी हुनुभएको छ भने उहाले आफ्ना प्रतिद्धन्द्धि मधेशी जनअधिकार फोरमका खेमनारायण चौधरीलाई ७०९  मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

चौधरीले ३७२७ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यमा बिजयी नेपाली काँग्रेसका उम्मेद्वार अन्जु कुमारी चौधरीले ४६८६ मत प्राप्त गर्नुभएको छ भने उहाले आफ्ना प्रतिद्धन्द्धि गुन कुमारी थारुलाई १६०५ मतको ठुलो मतान्तरले पराजित गर्नुभएको हो । थारुले ३०८१ म्त प्राप्त गर्नुभएको थियो ।

 यस्तै पाल्हिनन्दन गाउपालिकामा माओबादि केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बैजु प्रसाद गुप्ता बिजयी भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका पावित्रि कुमारी कोहार बिजयी हुनुभएको छ । अध्यक्ष पदका उम्मेद्वार गुप्ताले ४३५१ मत प्राप्त गर्नुभएको हो भने उहाका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका राजेन्द्र कुमार साहनीले  ३८६५ मत प्राप्त गरी पराजित हुनुभएके हो ।

यसैगरी उपाध्यक्षमा  नेपाली काँग्रृेसका उम्मेद्वार पावित्रि कोहार ३९१७ मतका साथ बिजयी हुनुभएके छ । उहाका प्रतिद्धन्द्धि माओबादी केन्द्रका अष्टभुजी चौधरीले ३६३५ मत प्राप्त गरी पछाडि पर्नुभएको हो ।

अहिले सम्म प्रतापपुर र  सुस्ता गाउपालिकामा बाहेक अन्य स्थानमा मिश्रित मतपरीणाम आएको छ । वडागत रुपमा पनि सबै स्थानिय तहमा मिश्रित नै मतपरिणाम आएको छ ।

अव बाकि रहेका रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा नेपाली काँग्रेसको अग्रता देखिएको छ । रामग्राम नगरपालिकामा नेपाली काँग्रेसका मेयर उपमेयर दुबै पदमा अगाडि छन् भने बर्दघाटमा मेयरमा काँग्रेसका उम्मेद्वार र उपमेयरमा एमालेका उम्मेद्वार अगाडि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ