लोकेन्द्र प्रशाद जोशी/असर १८, दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहको नतीजा सार्वजनिक भएको छ । 

५ स्थानीय तहमा नेपाली कांग्रेस, तीन तहमा नेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/असर १८, दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहको नतीजा सार्वजनिक भएको छ । 

५ स्थानीय तहमा नेपाली कांग्रेस, तीन तहमा नेक"/>

2026-07-25 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलाका सबै तहको नतीजा सार्वजनिक, को कहाँबाट बिजयी ?


लोकेन्द्र प्रशाद जोशी/असर १८, दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहको नतीजा सार्वजनिक भएको छ । 

५ स्थानीय तहमा नेपाली कांग्रेस, तीन तहमा नेकपा एमाले र १ तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । पछिल्लो पटक सार्वजनिक भएको दार्चुलाको व्यास गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको हो । 

ब्यास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दिलिपसिह बुढाथोकी १९ सय १५ मत तथा उपाध्यक्ष हेमा भट्टले १६ सय ७ मत ल्याएर विजयी भएका हुन् ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिलिपसिह डडालले १६ सय ७ मत ल्याए भने उपाध्यक्ष पदका उम्मेदवार तीरा कुवरले १६ सय ५० मत ल्याउनुभयो ।

व्यास गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा नेकपा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा नेपाली काग्रेसले जितेको छ ।

यसअघि घोषणा भएका दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहु गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा नेपाली काग्रेसले विजयी हासिल गरेको छ । 

नेकपा एमालेले अपि हिमाल गाउँपालिका, नौगाड गाउँपालिका, र लेकम गाउँपालिका जितेको छ भने नेकपा माओवादी केन्द्रले मार्मा गाउँपालिकामा जित हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक