2026-07-05 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भेट्न नपाएपछि पार्टी कार्यालय फर्किइन् रास्वपाकी नवनिर्वाचित वडाध्यक्ष रोजिना

काठमाडौँ | काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठ रास्वपाको पहिलो र हालसम्मकी एकमात्र वडाध्यक्ष बन्न सफल भएकी छन्।

रोजिनाले नेकपा एमाले, नेपाली कांग्रेसजस्ता परम्परागत दलहरूलाई पराजित गर्दै रास्वपाको झण्डा गाडेकी हुन्। समर्थकहरू र शुभचिन्तकहरूको बधाइ र शुभकामनाका बीच, रोजिनाले सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौँ पुगेर रविसँग भेट्न इच्छा व्यक्त गरिन्।

गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि पनि संयोगवश काठमाडौँमै थिए। आफ्नो जितको खुसी सबैभन्दा पहिला आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सुनाउन चाहन्थिन् रोजिना तर, उनले सोचेजस्तो अवस्था भएन।
प्रहरीले रविलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराइसकेको थियो, र बयान भइरहेका बेला कोही पनि बाहिरी व्यक्तिलाई भेट्न अनुमति थिएन। डीएसपीले भेट्न नदिने बताएपछि, रोजिना पार्टी कार्यालय फर्किइन्।

रविलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सोधपुछ गरिरहेको प्रहरीका अनुसार, गत शुक्रबारदेखि सुरु भएको बयान सोमबार तेस्रो दिनमा पुगेको छ। बयान करिब अन्तिम चरणमा रहेको र सम्भवतः सोमबारभित्र सकिने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताए।

बयान पूरा भई रविलाई हिरासत फर्काइएपछि मात्र भेट्न पाइने जानकारी पाएका कारण रोजिनाले पछि आउने बताउँदै पार्टी कार्यालय फर्किएको रास्वपाका एक नेताले जानकारी दिए।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणका आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनको बयान भइसकेको छ। अब चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गरी मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै