Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा नेपाल कम्युनिष्ट पार्टीद्धारा अनिश्चितकालीन यातायात बन्द

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १९, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले भोलि २० गते मंगलबारदेखि रोल्पामा अनिश्चितकालीन यातायात बन्द गर्ने भएको छ ।

आज एक विज्ञप्ति जारी गरी धबाङ निवासी शहीद सेते वलीको छोरा वीरबहादुर वलीको रिहाइको माग गर्दै नेकपाले अनिश्चितकालीन रोल्पा बन्दको घोषणा गरेको हो ।

१४ गते सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचन विरुद्ध गतिविधि गरेको आरोपमा धबाङ निवासी शहीद सेते वलीको छोरा वीरबहादुर वलीलाई हिजो १८ गते जिल्ला प्रहरी कार्यालय रोल्पाले गिरफ्तार गरेको विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।

नेकपाको जिल्ला सेक्रेटरी दलबहादुर खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गिरफ्तार परेका वलीको रिहाइ नभएसम्म यातायात बन्द गरिने भएकोले उक्त बन्दमा ऐक्यबद्धता जानाइ सहयोग गर्नुहुन सम्पूर्ण यातायात व्यवसायीहरुलाई हार्दिक अपिल गरिएको छ ।

यसैबीच निर्वाचन पहिले नै गिरफ्तारमा परेका नेकपाका केन्द्रीय सदस्य तथा राप्ती व्यूरो इन्चार्ज सुवास, जलजला साँस्कृतिक परिवार रोल्पाका इन्चार्ज हिमाल, नेपाल पत्रकार महासंघका ५ नंबर प्रदेश पार्षद पुष्टमान घर्तीमगर र अन्य जलजला साँस्कृतिक परिवारका ११ जना कलाकारहरुलाई नेकपा रोल्पाले एक कार्यक्रमको आयोजना गरी अवीर एवं खादा ओढाएर अभिनन्दन गरेको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले हिजो राति करिब १० बजे रिहाइ गरेको थियो भने राप्ती व्यूरो इन्चार्ज सुवासलाई जिल्ला प्रहरी कार्यालय प्युठानले यही १६ गते रिहाइ गरेको थियो ।