2026-07-05 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोमालाभलाई नहटाउने अड्डी कस्दै सभामुख घिमिरे, सिके राउतलाई पठाए जवाफ

काठमाडौँ | संघीय संसद सचिवालयले जनमत पार्टीकी समानुपातिक सांसद गोमालाभ सापकोटालाई कारबाही गर्नेबारेमा जातजाति, वर्ण, रंग, लिङ्ग, समुदाय, भाषा, धर्म, शारीरिक अवस्थालगायतका कुनैपनि आधारमा विभेद नभएको बताएको छ ।

जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले पार्टीले कारबाही सिफारिश गरेको सांसदलाई कारबाही नगरेकोको भन्दै सभामुख देवराज घिमिरेको राजीनामा माग गरेका थिए । सभामुख घिमिरेको नातेदार र समूदायको मान्छे भएकाले गोमालाभलाई कारबाही नगरिएको जनमतको जिकिर थियो ।

जनमतको जिकिरको खण्डन गर्दै संसद् सचिवालयले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य माननीय गोमा लाभ (सापकोटा) का सम्बन्धमा जनमत पार्टीबाट जारी भएको प्रेस विज्ञप्तिप्रति संघीय संसद सचिवालयको ध्यानाकर्षण भएको छ। संघीय संसद सचिवालयबाट कुनैपनि जातजाति, वर्ण, रंग, लिङ्ग, समुदाय, भाषा, धर्म तथा शारीरिक अवस्था लगायतका कुनैपनि आधारमा विभेद नभएको र नहुने कुरा स्पष्ट पार्न चाहन्छौं।

जनमत पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय गोमा लाभ (सापकोटा) लाई पार्टीको विधान बमोजिम कारवाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको भनी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) बमोजिमको प्रक्रिया अगाडि बढाइदिन संघीय संसदको महासचिवलाई सम्बोधन गरी पत्र लेखी आएपछि संघीय संसद सचिवालयले सो विषयमा नेपालको संविधान र सम्वन्धित कानूनहरु (प्रतिनिधि सभा नियमावली, २०७९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३) का प्रावधानहरुको व्यवस्था बमोजिम निर्णयार्थ पेश गरेको र सम्माननीय सभामुखले कानून बमोजिम निर्णय गर्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै