2026-07-25 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नम्बर ७ मा प्रधामन्त्री देउवालाई यसरि लाग्यो धक्का

असार २०, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाको गृह क्षेत्र प्रदेश नम्बर ७ मा कांग्रेसको बहुमत जित्ने लक्ष्य असफल भएको छ । त्यतिमात्र होइन कांग्रेसलाई पहिलो दल बन्न पनि गाह्रो हुँदैछ ।

 प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ८१ ठाउँको मतगणना सकिँँदा कांग्रेस एमालेभन्दा तीन सिटले मात्र अगाडि छ । मतगणना भइरहेका कैलाली र कञ्चनपुरका ७ स्थानीय तहको पछिल्लो रुझान हेर्दा कांग्रेस एक ठाउँमा मात्र अग्रता लिइरहेको छ ।

 एमालेले तीन र माओवादीले दुई स्थानमा अग्रता लिएका छन् भने धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार अघि बढेका छन् । यदि मतगणनाको यहि रुझान अन्तिमसम्म रहेको अवस्थामा ७ नम्बर प्रदेशको पहिलो पार्टी कांग्रेस होइन एमाले बन्ने छ ।

 अहिलेसम्म कांग्रेसले ३७ र एमालेले ३४ स्थानीय तहमा जित हासिल गरेका छन् । माओवादीले अहिलेसम्म ७ नम्बर प्रदेशमा ९ स्थान जितेको छ । मतगणना चलिरहेकामध्ये कांग्रेसले कञ्चनपुरको भिमदत्त नगरपालिकामा मात्र अग्रता लिएको छ । यो अग्रता अन्तिमसम्म कायम रहनेमा कांग्रेसकै नेताहरु ढुक्क छैनन् ।

 कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । त्यस्तै बेलौरी नगरगरपालिकामा माओवादीको अग्रता छ । कैलालीका अब तीन स्थानीय तहको गणना बाँकी रहँदा कुनै पनि ठाउँमा कांग्रेसको अग्रता छैन ।

 लम्कीचुहा नगरपालिकामा एमाले जिततर्फ उन्मुख भइरहेको छ भने घोडाघोडीमा माओवादीको जितको सम्भावना छ । ७ नम्बर प्रदेशकै एकमात्र धनगढी उपमहानगरपालिकामा पनि कांग्रेसको अग्रता तोडिएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसलाई अन्तिमसम्मै टक्कर दिने अनुमान गरिएको कारण कांग्रेसले अब बाँकी रहेका ७ स्थानीय तहबाट ठूलो परिणाम आशा गरेको छैन ।

 यदि एमालेले अग्रता कायम गरेका ३ तहमा मात्रै जितेसम्म कांग्रेस पहिलो एक सिटले भने पनि पहिलो दल हुन सक्छ । तर, भिमदत्त र धनगढीमा जित सुनिश्चित नगर्ने हो भने कांग्रेस ७ नम्बर प्रदेशमै एमालेभन्दा पछि पर्नेछ ।

 कांग्रेस सभापति शेरवहादुर देउवा आफै पार्टीलाई जिताउन एक साता यहाँ ढुक्कैले बसेका थिए । कांग्रेसका प्रभावशाली नेताहरु रमेश लेखक, एनपी साउद, पुष्कर ओझाहरु पनि चुनावमा सबै शक्ति लगाएर खटिएका थिए ।

 रमेश लेखकले नै मतदान गरेको बेदकोट नगरपालिकामा एमालेले मेयर उपमेयर सहित बहुमत जित्यो । देउवाकै गृहजिल्लामा राम्रो नतिजा आएन । ७ नम्बरमा कांग्रेसलाई जोगाउने भनेको कैलाली र कञ्चनपुर हो । कैलालीमै एमाले पहिलो दल बन्दैछ भने कञ्चनपुरमा पनि एमाले नै पहिलो बन्ने सम्भावना छ । २०५४ सालपछि एमालेको अवस्था पहिलो पटक सुध्रिएको हो ।

 कांग्रेसलाई यसपटक ७ नम्बर प्रदेशमा दार्चुला, बैतडी, अछाम र बाजुराले जोगाइदिएको छ । एमाले प्रभावका दार्चुला, बाजुरा र अछाममा राम्रो नतिजा आउँदा कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सम्भव भयो ।

 माओवादीले प्रदेश नम्बर ७ बाट जुन नतिजा ल्याएको छ त्यो उल्लेख्य नै हो । २०७० सालको संविधानसभा चुनावमा प्रदेशभरिबाट एक सिट जितेको माओवादीले यसपटक अछाम, डडेलधुरा, दार्चुला, डोटी जस्ता जिल्लामा खाता खोलेको छ भने कैलाली र कञ्चनपुरमा पनि उपस्थिति राम्रो देखाएको छ ।

 एमालेले चुनावअघि ७ नम्बर प्रदेशमा ४५ सिट जित्ने दाबी गरेको थियो । कांग्रेसले ५० सिट कटाउने दाबी गरेको थियो भने माओवादीले २८ सिट ल्याउने दावी गरेको थियो । तर, नतिजा भने कांग्रेसलाई प्रतिकुल आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक