2026-07-05 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भेटेपछि बाबुरामको प्रतिक्रिया– उहाँमाथि राजनीतिक प्रतिशोध साँधियो

काठमाडौँ | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् ।

सहकारी ठगी प्रकरणका लागि छानबिनमा रहेका लामिछानेलाई कास्कीस्थित प्रहरी हिरासतमा भेटेपछि भट्टराईले यस्तो बताएका हुन् ।

‘रविजीमाथि एकपछि अर्को गरेर दुःख दिने काम भयो । यसैले ऐक्यबद्धता जनाउन म उहाँलाई भेट्न आएको हुँ,’ चितवनमा रविसँग भेटेपछि बाबुरामले भने, ‘उहाँमाथि राजनीतिक प्रतिशोध साँध्ने काम भएको छ ।’

सहकारीसम्बन्धी ठगीको जरो धेरै फैलिएको भन्दै उनले सत्तामा आलोपालो बस्ने ३ नेता पनि उत्तिकै दोषी रहेको दाबी गरे ।

‘यो सहकारी ठगीको जरो धेरै नै फैलिएको छ । सत्तामा आलोपालो बस्ने ३ नेताको वरिपरि छ । तर, ५० औं लाख बचतकर्ता समस्यामा हुँदा विषयान्तर गरेर पीडितलाई झन् पीडा दिने काम भएको छ,’ उनले भने, ‘सहकारीपीडितको विषयलाई विषयान्तर गरिँदैछ । यो ठीक छैन ।’

सहकारीको मुद्दा टुँगिदासम्म आधाभन्दा बढी पीडितले आत्महत्या गर्न सक्ने भन्दै यस्ता राजनीतिक प्रतिशोध साँधेर विषयान्तर नगर्न उनले ध्यानाकर्षण गराए ।

रविले पनि आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएको उनको भनाइ छ ।

‘उहाँले म सधैं सत्य र न्यायको पक्षमा लडेको छु । नियम र कानूनलाई सहयोग गर्छु भन्नुभएको छ । शान्तिपूर्णबाहेक केही आन्दोलन नगर्नुस् भनेर पार्टी पंक्तिलाई भनेको पनि बताउनुभयो,’ भट्टराईले भने, ‘तर ममाथि राजनीतिक प्रतिशोध लिइयो भन्ने उहाँको कुरा छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै