2026-06-30 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पूर्वलडाकुलाई बुलेटभन्दा ब्यालेटको लडाइँ पेचिलो

2017-07-05

असार २१, कञ्चनपुर । तत्कालीन विद्रोही माओवादी सेनाका प्लाटुन कमान्डर रहनुभएका बहादुर महरालाई बुलेटको भन्दा ब्यालेटको लडाइँ पेचिलो भएको अनुभव छ । 

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ का महराले माओवादी सेनाका प्लाटुन कमान्डर भई आठ वर्ष सङ्घर्षमय जीवन बिताउनु भएको थियो । 

समाज परिवर्तनका लागि बहिर्गमनमा परेका महराले स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट शुक्लाफाँटा नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभयो र विजयी पनि हुनुभयो । 

“बुलेटको लडाइँ लड्दा हतियार र विचार एकैसाथ हुँदा विजय पाउन त्यती कठिन थिएन,” उहाँले भन्नुभयो, “ब्यालेटको लडाइँमा बनाएको सङ्गठन छिन छिनमै प्रतिद्वन्द्वीले भत्काउँदा अधिक सङ्घर्ष गर्नु प¥यो ।” 

बुलेटको लडाइँमा विरोधीको आमने सामने भएर लडाइँ लडिने गरिएको थियो उहाँले विगतको अनुभव सुनाउँदै भन्नुभयो, “ब्यालेटको लडाइँमा छद्म भेषमा विरोधीले आक्रमण गर्दा अप्ठेरो प¥यो ।” 

राजनीतिमा जति षडयन्त्र गरेर चुनाव जित्ने प्रयत्न गरिए पनि सटिक योजना, विचार र जनपक्षीय निर्णय गरेर जाँदा जनताले पत्याउने गरेको उहाँको अनुभव छ । “चुनाव जित्नुअघि जनतासँग गरेका वाचा पूरा गर्न कटिबद्ध भएर लाग्नका लागि योजना बनाउनमा जुटेका छौँ”, उहाँले भन्नुभयो । 

ऐलानी जग्गा दर्ता गर्ने, सडकको बिगँ्रदो अवस्थामा सुधार गर्ने, धार्मिकस्थलको विकास गर्ने, सकुम्वासी समस्या समाधानका लागि सम्बन्धित निकायलाई दबाब दिई कार्य अगाडि बढाउने, चुरे क्षेत्रको दोहन रोक्ने, भू–क्षय नियन्त्रण गर्न योजना बनाई कार्य गर्ने चुनावी वाचालाई पूरा गर्ने उहाँको योजना छ । 

नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने, वन्यजन्तुले गर्ने क्षति न्यूनीकरण गर्ने र दरबन्दी विहीनताको आधारमा सञ्चालन हुँदै आएको विद्यालयमा दरबन्दीसहित शिक्षकको व्यवस्था गर्ने योजना पूर्वलडाकु महराको छ । 

सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुगेकाले जनताको चाहना बमोजिम कार्य अगाडि बढाउने योजना रहेको उहाँले बताउनुभयो । 

गाँउकै बैजनाथ सामुदायिक वनका अध्यक्षसमेत रहुनभएका महरा स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–८ को वडाध्यक्ष ६४१ मत ल्याएर विजयी हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ