असार २२, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

बुधबार राती सम्पन्न मत गणना अनुसार बेलौरी नगरपालिकाको प्रमुख पदम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २२, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

बुधबार राती सम्पन्न मत गणना अनुसार बेलौरी नगरपालिकाको प्रमुख पदम"/>

2026-09-19 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादी विजयी

असार २२, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

बुधबार राती सम्पन्न मत गणना अनुसार बेलौरी नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन् । चौधरीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टलाई ३५७ मतको अन्तरले हराउदै मेयरमा निर्वाचित भएका हुन् । चौधरीले ६हजार ७६४ र भट्टले ६ हजार ४०७ मत ल्याएका थिए । उप मेयरमा भने एमालेका चित्रा चौधरी विजयी भएका छन् । 

चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका राधा कडेँललाई ६२७मतको मतको अन्तरले हराउदै उपप्रमुखमा निर्वाचित भएका हुन् ।  चौधरीले ६ हजार ७४८ र कडेँलले ६हजार १६१मत ल्याएका थिए । 

काँग्रेसका मेयरका उम्मेद्वार हरेन्द्र विष्टले ५हजार ४१२ र काँग्रेसकै उप मेयरका उम्मेदवार खिना भण्डारीले ५हजार ६२७मत ल्याएका थिए ।  बेलौरी १०को वडाध्यक्षमा पनि माओवादी केन्द्रको  हरिलाल चौधरीको प्यानलै विजयी भएका छन् । उनले आफ्ना निकटमत प्रतिद्वन्दी एमालेका गणेश चौधरीलाई ३०८मतको अन्तरले हराउदै वडाध्यक्षमा निर्वाचित भए । माओवादी केन्द्रका चौधरीले एक हजार ३०७ र एमालेका चौधरीले ९९९मत ल्याएका थिए । 

पञ्चायत कालमा कैलाली र कञ्चनपुरको सदरमुका बेलौरीको सामरिक महत्व छ । विस २०२६सालमा कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सारिएको हो । बेलौरीमा तिन ठुला पार्टी विच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । अन्तत नेकपा माओवादीका उम्मेदवार चौधरीले विजयी हासिल गरेका हुन् । 

१ देखि ९नम्बर वडामा रोमाञ्चल प्रतिस्पर्धा भएको थियो । बेलौरीको १० नम्बर वडाले चौधरीलाई विजयी गराएको छ । बेलौरीमा कुल २९ हजार ३७७ मतदाता मध्ये २३ हजार १२४ मत खसेका थिए । बेलौरीमा ४ माओवादी केन्द्र, ४  एमाले र १ काँग्रेसले जितेका छन् । १, ५, ६ र १० माओवादी केन्द्र र २, ४, ८ र ९ एमाले र ३नेपाली काँग्रेसले जितेको छ ।  -अबिनास चौधरीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता