Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीविरुद्धको प्रमाण कम्बोडियामा रहेका नेपालीले दिएका हुन्: दुर्गा प्रसाईं (बयानसहित)

२०८१, २७ मंसिर बिहीबार १३:१३

काठमाडौं | विद्युतीय अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनछेक बहस आज हुँदै छ । बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरी अनुसन्धानका आधारमा अदालतमा मुद्दा अदालतका दर्ता गराएको थियो ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक टेलिकममा लगानी रहेको दाबी गरिएको भिडियो प्रसारण गरेपछि उनी साइबर अपराध मुद्दामा पक्राउ परेका थिए ।

प्रसाईंमाथि आफैँले नक्कली कागजात बनाएर प्रधानमन्त्री ओलीविरुद्धको कागजात प्रसारण गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । तर,दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियामा लगानी गरेको आरोपसम्बन्धी कागजात आफूले नबनाएको बताएका छन् ।

सरकारी वकिल कार्यालय काठमाडौंमा दिएको बयानमा प्रसाईंले एक जना कम्बोडियामा बस्ने नेपालीले फोनमार्फत सो विषयमा जानकारी गराएको दाबी गरेका छन् । त्यसरी आएको कागज सामाजिक सञ्जालमा राखेको उनको भनाइ छ ।

प्रसाईं गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । उनीमाथि विभिन्न सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी ओलीमाथि कम्बोडियामा लगानीको आरोप लगाउँदै प्रमाणको रूपमा भिडियो र कागजात सार्वजनिक गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको थियो ।

पक्राउ परेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । त्यसक्रममा उनले भनेका छन्, ‘कम्बोडियामा बस्ने एक व्यक्तिले फोन गरी प्रधानमन्त्री ओलीले स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड मा लगानी गरेको जानकारी दिए। प्रमाणका रूपमा उनले सेयर खरिदको कागजात र १४ मे २०१९ मा ओली बिजनेस फोरममा सहभागी भएको भिडिओ पठाए । ती कागजात मैले बनाएको होइन ।’

सरकारी वकिल कार्यालयले बुधबार विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार प्रसाईंविरुद्ध मुद्दा दायर गर्दै साढे सात वर्षसम्मको कैद सजायको माग गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत प्रसाईंविरुद्ध अनुसन्धान गरेको थियो। साथै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।

सीआईबीका अनुसार, प्रसाईंले व्यावसायीलाई धम्क्याउन भारतस्थित नेपालीहरूमार्फत रकम माग गरेको आरोप लागेको छ। सोही क्रममा एक जना व्यक्तिको पक्राउपछि प्रसाईंको संलग्नता खुलेको थियो।

यस्तो छ प्रसाईंको बयान

नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउदो भ्रष्टाचार, चरम आर्थिक संकट, युवाहरू बिदेश पलायन, सामान्य नागरिकले महंगीको मारमा झेल्नु परेको पीडा पिरमर्कालाई बुझी नेपालीहरूको अभिभावकको रुपमा मैले विगत ३ वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रुपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु ।

सो कार्यहरू गर्नमा अबरोध सृजना गर्ने नेपालको वर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको छु । हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्गप्रसाद ओलीले २१ करोड युएस डलर लगानी गरेको’ त्यसको नेपाली अन्दाजी साढे ३२ अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरी खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए ।

त्यसो भए तपाईसँग के प्रमाण छ भन निजलाई सोधपुछ गर्दा निजले खड्गप्रसाद शर्मा ओली बिजनेस फर्मको लागि १४ मे २०१९ मा कम्बोडियामा जाँदा खेरी भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्स एपमा पठाई देउ भनेकोमा निजले पठाइ दिएका थिए ।

यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन । गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो ब्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनता सामू प्रष्ट पारौं भन्ने उदेश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट गरेको थिएँ ।

त्यतिबेला मैले ‘यहाँका नेताहरूको पैसा कम्बोडिया, मंगोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुवई, सिंगापुरमा छ । मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाईं बिग्दैन, संसारमा दुर्गा प्रसाई मर्छ, बिग्दैन । संसारमा दुर्गा प्रसाईं झुक्छ, तर बिग्दैन । किनभने मैले नेपालीहरू रोएको नेपाली चेलिबेटीहरू रोको देखेको छु’, भन्नेलगायतको शब्दहरू बोलेको थिएँ ।

उक्त कुरा बोल्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी गर्नु भएको रकम सहितको कागजातहरू देखाउँदै सो सँग सम्बन्धित विषयमा सम्बाद गर्दै गर्दाको भिडियोलाई मैले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुककोबाट शेयर गरेको थिएँ ।

‘ल हेनुहोस केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र…’ भन्ने लगायतको स्टाट्सहरूको साथमा भिडियो समेत अपलोड र पोष्ट गरेको हुँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी