2026-07-05 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवको प्रष्टीकरण– फोन राजेशको मोबाइलमै गरेको हुँ, ओलीबाट बदनाम गर्ने प्रयास भयो

काठमाडौँ | राष्ट्रियसभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले गम्भीर विषयबारे जानकारी गराउन खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।

मदन भण्डारीको हत्यासम्बन्धी विषयमा ओलीको आवाजको लिंक आएपछि उनलाई जानकारी गराउन फोन गरेको गौतमको भनाइ छ ।

गौतमले सोमबार एक विज्ञप्ति प्रकाशित गरी ओलीले आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । ‘ओलीको फोन नउठेपछि राजेशलाई फोन गरेर मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ । यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन,’ गौतमले भनेका छन्, ‘यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।’

यसअघि शुक्रबार एक सार्वजनिक कार्यक्रममा ओलीले आफूलाई फोन गरेर वामदेवले राजीनामा माग गरेको बताएका थिए । स्वकीय सचिव राजेश बज्राचार्यले उठाएको ठानेर गौतमले आफ्नो राजीनामा माग गरेको ओलीले बताएका थिए ।
यस्तो छ वामदेवको स्पष्टीकरण

​तपाईंको स्वर र तपाईंकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिसिभ गर्नुभयो र सदा झैं नमस्कार कमरेड भन्नु भयो।

त्यसपछि मैले उहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु, तु उहाँलाई पठाइदिनुस् । मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ।

यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन। फोन नम्बर राजेश कै हो। राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु।

यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन।

क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ।

वामदेव गौतम
१ पुस २०८१

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै