२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

१ पुष २०८१, सोमबार १४:२६

काठमाडौँ | पछिल्लो समय प्रतिनिधिसभा अन्तर्गतको विभिन्न समिति बैठकलाई सांसदहरूले बेवास्ता गर्न थालेका छन्। सांसदहरू नआएकै कारण गणपूरक संख्या नपुग्दा बैठक स्थगित गर्नुपर्ने अवस्था आएको छ।

आजको अर्थ समितिको बैठक पनि कोरम नपुगेर स्थगित भयो। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। तर,समितिमा १२ सांसद उपस्थित हुनुपर्नेमा ८ जना सदस्य मात्रै उपस्थित भए। जसमध्ये ४ जना विपक्षी सांसद थिए।

त्यसपछि समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित भएको घोषणा गरे। बैठकमा अर्थमन्त्री विष्णु पौडेललाई बोलाइए पनि उनी उपस्थित भएनन्। बैठक स्थगित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले असन्तुष्टि व्यक्त गरे। उनले दुई तिहाईको सत्ता पक्ष समितिमा उपस्थित नहुनु र काम कारबाही प्रभावित हुनु दुर्भाग्य पूर्ण भएको बताए।

यस्तै,गत मंसिर २३ गते प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको थियो। ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’माथि छलफल गर्ने कार्यसूची भए पनि बैठकमा कुल सदस्यमध्ये सभापतिसहित १० जना सांसद मात्रै उपस्थित थिए।

समितिमा २४ जना सदस्य छन्। समितिको बैठक सञ्चालन गर्न १३ जना सदस्य चाहिन्छ तर गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित गरिएको शिक्षा समिति सभापति अम्बरबहादुर थापाले नै घोषणा गरेका थिए।

बैठकमा सांसदहरू नै नआउँदा कामकारबाही प्रभावित भएको भन्दै बैठकमा नियमित उपस्थित हुन निर्देशन नै दिएका थिए। यसअघि पनि गणपूरक संख्या नपुग्दा अन्य समितिहरूको बैठक पनि स्थगित भएका छन्।

प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ। समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव