२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

१ पुष २०८१, सोमबार १६:५०

काठमाडौँ | नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा घोटाला तथा भ्रष्टाचार भएको भन्दै राजन शर्मा बुढाथोकीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।

सोमबार उनले धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको कुरा प्रधानमन्त्रीले समेत आरोप लगाएको भन्दै अख्तियारले यस विषयको मुद्दा फैसला गरोस भनेर निवेदन दर्ता गरेको बताए ।

उनले भने, ‘कि त देश छोडेर जानुपर्यो नजाने हो भने देश बनाउने जिम्मेवारी हामी युवाहरुको हो । हामी यसका लागि अगाडि आउनुपर्छ भनेर स्वतन्त्र युवाहरुले एउटा भ्रष्टाचार विरुद्धको नागरिक अभियान चलाउन खोजिरहेका छौ । त्यसको लागि धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको छ भनेर प्रधानमन्त्रीले समेत आरोप लगाउनुभएको छ । यही विषय नै के हो भनेर अख्तियारमा मुद्दा फैसला गरोस भनेर निवेदन दर्ता गर्न आएको हो ।’

यस्तै, उनले जस्तो व्यवस्था आएपनि नेपाली जनताको आर्थिक रुपमा उन्नती हुन नसकेको भन्दै यसको मुख्य कारण भ्रष्टाचार नै भएको बताए ।

उनले भने, ‘देशमा हामीले जति पनि परिवर्तनका कुराहरु गर्यौ, युवाहरुलाई लिएर जति पनि आन्दोलन भए तर त्यसलाई आर्थिक रुपमा लान सकेनौ । गणतन्त्र, लोकतन्त्र जे आएपनि नेपाली जनताको आर्थिक रुपमा उन्नती हुन सकेन । यसका सबै कारण भ्रष्टाचार हो । तर भ्रष्टाचारका कुराहरु कहिले पनि बाहिर नआउने र कारबाही पनि नहुने काम निरन्तर चलि रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव