2026-07-05 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीमा नयाँ अफर- अर्को पार्टी छाडेर आउँदा सोहि पद पाइने

काठमाडौँ | नेकपा माओवादी केन्द्रले समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुविकरणमा जोड दिने भएको छ। हालै सम्मपन्न स्थानीय तहको उपनिर्वाचनको नतिजाले हौसिएको माओवादी पछिल्लो समय पार्टी गतिविधिलाई सक्रिय बनाउँदै गएको छ ।

मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकको निर्णयसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टीपंक्तिमा पठाएको सर्कुलरमा मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुविकरण आवश्यक भएको निष्कर्ष निकालेको हो।

सर्कुलरमा भनिएको छ, ‘विगतमा एकिकरण समायोजन र पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखि एकिकरण समायोजन र प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ।’

माओवादीले पछिल्लो समय माओवादी घटकसँगको एकतालाई प्राथमिकता राखेको छ। माओवादीसँग एकता गर्नको लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा तयार छन्।

पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकले त्यसबारे निर्णय गर्ने माओवादीको तयारी छ। त्यसबाहेक माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, प्रभु साह नेतृत्वका आमजनता पार्टीलगायत दलसँग पनि एकता गर्ने प्रचण्डको दाउ छ। तर, प्रचण्डले जोडबल गरेपनि तत्काल विप्लव नेतृत्वको नेकपा र नेसपाबाहेक अन्य दलसँग एकता हुने सम्भावना देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै