2026-07-05 02:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवलाई एमालेले भन्यो: हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला

काठमाडौँ | केही वर्षदेखि राष्ट्रिय एकता अभियानको नेतृत्व गरिरहेका नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम आफ्नो अभियानलाई विश्राम दिने मनस्थितिमा पुगेका छन् ।

उनी एकता अभियानको दलबलसहित छिट्टैनै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । एकीकृत समाजवादीको मंगलबार सकिएको स्थायी समितिको बैठकले वामदेवलाई पार्टीमा भित्र्याउने इच्छा देखाएपछि उनी सोही पार्टीमा जाने तयारीमा जुटेका हुन् ।

भैसेपाटीस्थित आफ्नै निवासमा एकता अभियान नामको पार्टी कार्यालय खोलेर बसेका गौतम नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये सुरुमा जसले बोलाउँछ त्यसैमा जाने तयारीमा थिए । पटक-पटक नेकपा एमालेमै फर्किने कोशिस गरेका गौतम सफल भएनन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेटेर पार्टीमा भित्र्याउन आग्रहसमेत गरेका थिए । तर, एमालेले भाउ दिएनन् । एमालेले भाउ नदिएपछि गौतमले एकीकृत समाजवादीमा जाने मनस्थिति बनाएका हुन् ।

स्रोतका अनुसार एकीकृत समाजवादीमा वरिष्ठ नेताको पद लिएर जान लागेका गौतमले भोलि समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तयारी गरेका छन् । गौतम र नेपालबीचको भेट भोलिका लागि तय भएको र भोलि नै यस विषयमा निर्णय हुने बताईएको छ ।

यता एकीकृत समाजवादीमा जान लागेका गौतमलाई नेकपा एमालेले भने अलमल्याउने प्रयास गरेको छ । एमालेका दोस्रो तहका केही नेताहरुले गौतमलाई फोन गरेर तत्काल एकीकृत समाजवादीमा नजान भनेका छन् । एमाले महासचिव शंकर पोख्रेल, उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले फोन गरेर तत्काल पार्टी प्रवेशको निर्णय नलिन आग्रह गरेका हुन् ।

‘केही समय कुर्नुहोला । हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला । केही समय धैर्य गर्नुहोला’ एमाले नेताको भनाइ उदृत गर्दै स्रोतले भन्यो । पार्टीमा भित्र्याएर भैसेपाटी क्षेत्रको इन्चार्ज बनाउन भन्दा समेत नमानेको तर,अहिले रोक्ने प्रयास गरेको भन्दै वामदेवले भने असन्तुष्टि पोखेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै