2026-07-25 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय र प्रादेशिक निर्वाचन पहिलो प्राथमिकता: प्रधानमन्त्री

असार २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसद्को निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पनि पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभएको छ । 

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विधेयकमाथिका विविध शीर्षकमा सांसदले उठाएका जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले बजेट र सरकारका प्राथमिकताका विविध बिषयमा स्पष्ट पार्नुभएको हो । 

उहाँले भूकम्पपछिको पुनःनिर्माणलाई उच्च प्राथमिकता दिएर पुनःनिर्माण प्राधिकरणले काम गरिरहेको र पाँच लाखभन्दा बढी लाभग्राहीको विवरण सङ्कलन भएको, कर छली हुन नदिन सरकार कृतसंकल्पित रहेको, सुशासन प्रवद्र्धन, स्थानीय तहमा बजेट वृद्धि, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन सरकारका प्राथमिकतामा परेका विषय भएको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो – “आर्थिक वर्ष २०७४/७५ को बजेटमा स्वीकृत कार्यक्रमलाई कार्यान्वयन गर्न साउन १ गतेदेखि नै सबै ७४४ तह र अन्य निकायमा अख्तियारी पठाइनेछ भने देशको अर्थतन्त्रले हासिल गरेको सरदर सात प्रतिशतको आर्थिक वृद्धिदर घट्न नदिने गरी काम गर्न सरकार दृढ छ ।” 

पूरक प्रश्नको जवाफ दिने क्रममा उहाँले राष्ट्रपतिका निम्ति गाडी खरिद गर्नेसम्बन्धी प्रस्ताव प्राप्त नभएको स्पष्ट गर्दै राष्ट्रप्रमुखको सुरक्षा र गरिमाका निम्ति गाडी किन्ने विषयलाई सामान्य मान्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक