असार २६, काठमाडौं । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहित चार दर्जन नेता माओवादी केन्द्रमा फर्किएका छन् ।  

सोमबार कुशवाहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २६, काठमाडौं । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहित चार दर्जन नेता माओवादी केन्द्रमा फर्किएका छन् ।  

सोमबार कुशवाहा"/>

2026-07-25 06:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसभासद कुशवाहासहित दर्जन नेता माओवादीमा फर्किए


असार २६, काठमाडौं । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहित चार दर्जन नेता माओवादी केन्द्रमा फर्किएका छन् ।  

सोमबार कुशवाहा लगायतका नेताहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन् । माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर माओवादी केन्द्रमा फर्किएको कुशवाहाले बताए ।

कार्यक्रममा प्रचण्डले ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताएका छन् । उनले अघि भने, ‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन । बाबुरामजी पनि छिट्टै र्फकनुपर्छ, सबै नेता फर्केपछि एक्लै र्फकनुको अर्थ पनि रहँदैन । वैद्यजी, विप्लवजी पनि र्फकनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन ।’ 

कुन पार्टीबाट कति प्रवेश गरे ?

माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेताहरुमा नेकपा (एमाले) का जिल्ला समिति सदस्य एवं पूर्व गाबिस अध्यक्ष गौरीशंकर जयसवाल, नेकपा (बिप्लव समूह) का रौतहट सेक्रेटरी नन्दलाल ठाकुर लगायत रहेका छन् ।

बारा र रौतहट जिल्लामा क्रियाशील भएर माओवादी प्रवेश गर्ने अन्य नेताहरुमा नेपाली कांग्रेसबाट कमल जउसवाल, चिनीलाल दास, हरेन्द्र जयसवाल, जयप्रकाश चौधरी, शेख हासिम, हरि साह, लालबाबु जयसवाल, भिखारी दास रहेका छन् । एमालेबाट प्रवेश गर्नेहरुमा पूर्वअध्यक्ष गौरीशंकर जयसवालसहित सुरेशप्रसाद जयसवाल, राजेशकुमार शर्मा, प्रमोदप्रसाद जयसवाल, गंगाप्रसाद जयसवाल, खहेरु ठाकुर, त्रिलोकी जयसवाल, सिकन्द्रप्रसाद जयसवाल, राजकिशोर जयसवाल, धिरेन्द्र जयसवाल, अमिन्द्र कुमार, चन्दन प्रसाद, सुरेश जयसवाल, मनोज प्रसाद, बिजेन्द्र प्रसाद, सञ्जय प्रसाद, रामु महतो, योगन्द्र प्रसाद रहेका छन् ।

नयाँ शक्तिबाट दिनेश पटेल, रामकिशोर कुशवाहा, गजेन्द्र प्रसाद कुशवाहा, श्यामबाबु कुशवाहा, रामविधाया कुशवाहा, शेषनाथ कुशवाहा, कमलेशप्रसाद कुशवाहा, सन्तोष कुशवाहा, सचिन कुशवाहा लगायतका नेता कार्यकर्ता पनि पूर्वसभासदसँगै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यसैगरी राजपाका प्रह्लाद सहनी, लोकतान्त्रिक फोरमका ओमनारायण चौरासिया र राप्रपाका राम एकवाल पटेललगायतका नेताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक