2026-07-24 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल चीन साहित्यिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड

असार २६, काठमाडौँ । चिनियाँ लेखक सङ्घको निम्तामा चीनको कुनमिन, छेन्दु र बेइजिङमा आयोजना भएका विभिन्न साहित्यिक कार्यक्रममा भाग लिई नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डल शनिबार राजधानी फर्केको छ 

प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेको नेतृत्वमा प्राज्ञ हेमाङ्गराज अधिकारी, उषा ठाकुर, ज्ञानु पाण्डे, मातृका पोखरेल र विवश पोखरेल तथा प्रतिष्ठानको प्रशासनतर्फका उपप्रमुख शशी चालिसे भ्रमण दलमा सहभागी हुनुहुन्थ्यो । सात सदस्य प्रतिनिधिमण्डल यही असार १८ गते चीनतर्फ प्रस्थान गरेको थियो । 

प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डलको स्वागतमा पहिलो दिन लेखक सङ्घको युनान प्रान्तले कुनमिनमा गरेको कार्यक्रममा लेखक सङ्घ युनानका प्रतिनिधि फान लिङले नेपाल र चीनका बीचमा साहित्य रचना गर्ने विषय समान रहेको धारणा राख्नुभएको थियो । उहाँले नेपालका साहित्यकारले जस्तै चिनियाँ साहित्यकारले पनि पहाडी जनताका कथा लेखिरहेको खुलस्त पार्नुभएको थियो । 

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति घिमिरेले नेपाल र चीनबीचको सम्बन्ध धर्तीजत्तिकै पुरानो रहेको धारणा व्यक्त गर्नुभयो । लेखक सङ्घ युनान प्रान्तका पदाधिकारीले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । सोही दिन चिनियाँ लेखक सङ्घ युनानले नेपाली प्रतिनिधिमण्डललाई टिन्स ताल, प्राचीन दरबारलगायत युनानका महत्वपूर्ण क्षेत्रको अवलोकन गराएको थियो । 

असार २० गते लेखक सङ्घ बेइजिङ शाखाले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लेखक सङ्घका अध्यक्ष छाङ ताओले प्रज्ञा–प्रतिष्ठान र लेखक सङ्घबीच भएको साहित्यिक सद्भाव आदानप्रदान सम्झौतानुसार दुई देशबीच भएका विगतका सम्बन्धको स्मरण गर्दै भविष्यमा यसले अझै गति लिने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष क्यु हुवादोङले चिनियाँ सरकारले चीनका अल्पसङ्ख्यक जातिको भाषा र साहित्यलाई अत्यन्तै महत्व दिएको जानकारी गराउनुभयो । सोही दिन लेखक सङ्घ बेइजिङले नेपाली प्रतिनिधिमण्डललाई ग्रेट वाल, अरनिकोद्वारा निर्मित श्वेतचैत्यलगायत बेइजिङका महत्वपूर्ण क्षेत्रको अवलोकन गराएको थियो । 

यसै गरी लेखक सङ्घ सिन्चुवानले सिन्चुवानको राजधानी छेन्दुमा स्वागत एवम् साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा लेखक सङ्घ सिन्चुवानका उपाध्यक्ष गोङ छेउले सिन्चुवानमा लेखक सङ्घले इन्टरनेट साहित्यमा विशेष महत्व दिएको जानकारी गराउनुभएको थियो । कार्यक्रमपछि प्रतिनिधिमण्डललाई रातो पाण्डा चिडियाखाना, सङ्ग्रहालयलगायत छेन्दुका महत्वपूर्ण क्षेत्रको अवलोकन गराएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक