१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब

१४ पुष २०८१, आईतवार १२:०८

काठमाडौँ | नेकपा एमालेका उपमाहासचिव विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई आइतबार बिहानै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।

कवितात्मक शैलीमा रिमालले भुसाललाई छाडेर हिँडेको पार्टीका बारे चासो दिनुभन्दा आफ्नै पार्टी बनाउन सुझाव दिएका छन् ।

नेकपा एसका महासचिव भुसालले शनिवार पत्रकार सम्मेलनमा एमालेभित्र उकुसमुकुस बढेको भन्दै अध्यक्ष पद छाड्न केपी शर्मा ओलीलाई सुझाव दिएका थिए । भुसालले भनेका थिए, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो। नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ। त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो, कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन्। एक खालका मान्छे उहाँका शत्रु हुन्। अर्का खालका मान्छे चाकर हुन्। भीम रावलले चाकरी गरेनन्।’

एमालेभित्र धेरै नेता उकुसमुकुसमा रहेको टिप्पणी गर्दै भुसालले भनेका थिए, ‘नेपालमा पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो। म (भीम रावललाई) हाम्रो पार्टीमा आउन आह्वान गर्दछु।’

त्यसको जवाफमा  आज आइतबार बिहानै एमाले उपमहासचिव रिमालले ‘उनी पो निसासिए रे!’ बाट सुरु गरेर कवितात्मक शैलीमा कटाक्ष गरेका हुन्। रिमालले लामो कविता शैलीमा ह्याउ भए आफ्नै घर बनाएर देखाउन र नेकपा एसभित्रको विवाद समाधान गर्न सुझाव दिएका छन् ।

इतिहासदेखि नै आफूहरू पार्टी संगठन बनाउन लाग्दा भुसाल सधैँ विवाद झिकेर बस्ने र पार्टी विभाजनमा लाग्ने गरेको दृष्टान्त पेश गर्दै रिमालले आदर्शका गफ र अर्ति उपदेशका पोका बोकेर उनी सधैँ हिँड्ने गरेको बताएका छन् । उनले लेखेका छन्, ‘अरे यार! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडाभाँडा’हरू बज्न नदेऊ न! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन्-बाल मतलब!’

यस्तो छ विष्णु रिमालको पूरा कविता-

उनी पो निसासिए रे!

उननचालीस सालदेखियता

हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,

पार्टीभित्र सधैँ उनी-

विवादका लागि मौकाको खोजीमा रहे,

अनवरत ‘किचकिच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै

पार्टीले उचाइ छोएको बेला,

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ,

उनले विभाजनको बाटो रोजे।

बाटो मात्र रोजेनन्,

त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।

‘आदर्श’का गफ र ‘अर्ती-उपदेश’का पोका बोकेर यताउता गरिरहे।

एक समय फेरि आयो,

पार्टीमा बहस-विवाद सुरु भयो।

‘जोरीपारी’हरू-

‘एमालेबिनाको राजनीति’को खेतीमा लागे,

उनी ‘ओलीबिनाको एमाले’ भन्दै उफ्रिए।

विभाजनको लागि कसैलाई उचाले-

एकता भन्दै आफू अर्कातिर अल्झिए।

मौसम छ्याङ्ग भएपछि,

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा-

छोडे, दौडिए- पार्टीकैविरुद्ध खनिए।

सानै सही-

असहमत ‘अरूहरू’ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे-

‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटेझैँ

उल्टै हाकिम पल्टिए।

अहिले फेरि उनलाई लागेछ क्यारे-

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थालेछन् फेरि-

‘ओलीले छोड्नुपर्छ, उकुसमुकस भएको छ।’

अरे यार!

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर!

आफ्नो घरको मझेरीमा, आँगनमा,

गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडा-भाँडा’हरू

बज्न नदेऊ न!

ढोका खोलुन् कि- छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा,

जे गरुन्-बाल मतलब!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर