प्रज्वल पाैडेल/असार २८, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्। बुधबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/असार २८, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्। बुधबार "/>
2026-07-01 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जातीय साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गए: अाेली

2017-07-12

प्रज्वल पाैडेल/असार २८, काठमाण्डौ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्।

बुधबार राजधानीमा अायाेजित संयुक्त व्यवसायी समुहकाे चुनावी सभामा बाेल्दै उनले यस्ताे धारणा राखेका हुन् ।


अाेलीले वैदेशिक राेजगारका कम्पनीमा समेत जातिय राजनीति देखा पर्नु गलत भएकाे बताए । अाेलीभन्दा अगाडि बाेलेका अध्यक्षका प्रत्यासि गुरूङले विमल ढकाल संयुक्त समूह जातिय राजनीतिकाे हंगामा मच्चाउन उद्दत रहेकाे बताएपछि अाेलीले भने-' विदेशमा गुरूङ, तामाङ, मगर, क्षेत्री, बाहुन जस्ता कम्पनी पाईन्छ र ? पाइदैन भने कि न खाेल्नु ? त्यसैले यस्ता अपवाह फैलाउनेहरू विलाउछन्,जित सत्यकाे हुन्छ ।'

अाेलीले विश्वबाट नेपालमा भाषा भाषि जातजातिकाे अध्ययन गर्न अाउने वातावरण बनाउनुपर्ने बताए ।

पुर्वप्रधानमन्त्री अाेलीले मेनपावर कम्पनीले नेपालमा बेरोजगार बढाएकाे नभई वेराेजगारीलाई व्यवस्थापन सिर्जना गर्न मेनपावर स्थापित भएकाे धारणा राखे ।
उनले भने -"सरकारले गर्न नसकेकाे समयमा व्यवसायीले राेजगारीकाे अवसर सिर्जना गरेकाे छ ।

मेनपावरकाे अावरणमा रहेका दलाल, व्यवसायीलाई कानुन बमोजिम कारवाहि गर्न सरकार सक्रिय रहनुपर्छ।"

प्रदेश र केन्द्रकाे चुनावमा एमाले पहिलाे बन्ने र सरकार निर्माण गर्ने बताउदै अाेलीले सरकार गठनपछि वैदेशिक राेजगार व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने धारणा राखे ।

सरकारले स्वदेशमा नै राेजगारकाे व्यवस्था गर्न सके वैदेशिक राेजगारी व्यवसायी नभई स्वदेशी व्यवसायीमा परिणत हुने अाेलीले बताए ।
व्यवसायीलाई मर्यादित,पारदर्शी र कामदारकाे हितमा काम गर्न नेतृत्वले भुमिका खेल्न अनुराेध गरेका छन् । उनले बिदेशमा पुगेपछि कामदारले दुख पाउने वातावरण सिर्जना गर्न नहुने तर्क गरे ।

अाेलीले गाउँका जनताले एमालेलाई जिताउनुपर्ने सन्देश स्थानीय चुनावबाट दिएकाले स्वदेश विदेश घुमेका व्यवसायी झन् अत्याधिक मतले एमालेकाे पक्षधरलाई जिताउनु पर्ने बताए ।

अध्यक्षका प्रत्यासीका उम्मेदवार राेहित गुरूङले वैदेशिक राेजगार यस अगाडिका अध्यक्षले व्यवसायीकाे हितमा काम गर्न नसकेकाे अाराेप लगाए ।

मेनपावर व्यवसायीलाई वर्गीकरण गर्न नदिने गुरूङले प्रतिबद्धता जनाएका छन् । उनले भने -"वर्गीकरण गर्दा क ले सधै वर्चस्व जमाउने र अरूले अवसर पाउदैनन्,त्यसले मेनपावर व्यवसायीलाई समान अवसर दिन क ख ग मा वर्गीकरण गर्नु हुनुहुन्न ।"


असार ३० गते हुन लागेकाे नेपाल वैदेशिक राेजगार व्यवसायी संघकाे निर्वाचनमा एमाले लगाएतका समर्थनमा संयुक्त व्यवसायी समुहकाे तर्फबाट राेहन गुरुङ नेतृत्व र काङ्ग्रेस निकटबाट विमल ढकाल संयुक्त समूहकाे टीम प्रतिष्पर्धामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ