२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

२४ पुष २०८१, बुधबार १६:०२

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो । मङ्गलबार पनि नेप्से छ दशमलव १६ अङ्कले बढेको थियो ।

तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता सेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैङ्क दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैङ्किङ शून्य दशमलव २६, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव १३, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव २६ प्रतिशतले घटेका छन् ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको रु २२ करोड ५३ लाख ४९ हजार पाँच सय ९७ को कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए